दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ। संघीय संसद मातहतका दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ। आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो।

पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अवरुद्ध भएका कोदारी राजमार्ग र रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल हुनेछ। चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र पूर्वाधारको अवस्थाबारे पनि बैठकमा छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।