लायन्स क्लव बुटवल मणिमुकुन्दले दृष्टिविहीनलाई खुवायो दर


बुटवल । हरितालिका तीजको अवसरमा लायन्स क्लव अफ बुटवल मणिमुकुन्दले दृष्टिबिहीनलाई दर खुवाएको छ । क्लवले फाउन्डेसनमा आश्रित दृष्टिबिहीनहरुलाई दर खुवाएको हो ।

नजिकिँदै गरेको तीजको पूर्वसन्ध्यामा विभिन्न पार्टी प्यालेस र पार्कमा दर खुवाउने कार्यक्रम भइरहेका बेला क्लवले तीज विशेष दृष्टिबिहीनहरु सँगै दर दर खाने कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष टीकाराम पन्थीले बताए । अध्यक्ष पन्थीले भने, हामीले दरसँगै तीजमा नयाँ लुगाको व्यवस्थाका लागि सफल युनिफर्म तिनकुनेबाट सर्ट पाइन्ट वितरण गरेका छौं, सहत्तरी थान कपडा प्रदान गरेका छौं, यसले उनीहरुमा खुसी ल्याउने विश्वास गरेको छु ।
दुर्गा माता भवानी मन्दिर संस्थाको आयोजनामा गरिएको कार्यक्रम बुटवल उपमहानगरपालिका वडा न-१५ दुर्गा माता भवानी मन्दिरको प्राङ्गनमा गरिएको हो ।
दुर्गा माता टोल विकास संस्था, माथिल्लो चम्किपुर टोल विकास संस्था, आदर्श युवा क्लव, सुनौलो भविष्य पुरुष जागरण समुह, चेतना समुह र सुनौलो भविष्य आमा समुहको सह-आयोजना रहेको थियो ।

कार्यक्रममा स्थानीय समाजसेवी श्याम थापा र मना थापाले जुस वितरण गरेका थिए । १७ बर्षदेखि ४५ बर्षसम्मका दृष्टिबिहीनलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगर वडा न-१५ का वडाध्यक्ष एवं नगरप्रवक्ता शिव रानाबाट वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष रानाले साहराबिहीन भएकाहरुलाई दर खुवाउनु र चार्डबाडमा नयाँ कपडा वितरण गर्नु क्लव र मन्दिर परिवारले गरेको मानवीय सेवा निकै सराहनीय रहेको बताएका थिए ।
कार्यक्रमका सभाअध्यक्ष एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्तोषमान श्रेष्ठ सिमानगैंडाले आवाजबिहीन र साहराबिहीनहरुको सेवा गर्नु पुण्य कार्य भएको भन्दै सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।























