संखुवासभा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । शुक्रबारको मध्यरातमा संखुवासभा केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।

संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मध्यरातमा भूकम्प गएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसूस गरिएको बताइएको छ । भूकम्पबाट क्षति भए, नभएको थाहा हुन सकेको छैन ।