कृषिबाट देशलाई आत्मर्निभर बनाउन विदेशी कृषि आयत रोकौ

बुटवल, भदौ १६ गते । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनीको समन्वयमा कृषि उत्पादन तथा बजारीकरणमा व्यवसायीक साझेदारी विषयमा अन्तरक्रिया गरिएको छ । सोमबार राष्ट्रिय खाद्य बैंकका अध्यक्षसहित पदाधिकारी, उद्योगी व्यवसायी र विभिन्न कृषिसंग सम्बन्धित संस्थाका प्रतिनिधिवीच रुपन्देहीको तिलोत्तममा अन्तरक्रिया गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले नेपालमा विदेशबाट वार्षिक ६ खर्वको कृषि उत्पादन आयत हुने गरेको बताउंदै विदेशी कृषि उत्पादन आयत रोक्नु पर्ने बताए । विदेशबाट आयत हुने कृषि सामाग्री रोक्नका लागि नेपालमा कृषि उत्पादन बढाउनु पर्ने र त्यसका लागि राष्ट्रिय कृषि खाद्य बैंकले काम गरिरहेको जानकारी गराए । नेपालाई कृषिमा आत्मर्निभर गराउनु पर्ने र त्यसका लागि तीनै तहका सरकारहरुलाई कृषिमा आवद्व गराएर कृषि उत्पादन बढाउनुको विकल्प नभएको अध्यक्ष उप्रेतीले बताए । अध्यक्ष उप्रेतीले कृषिलाई सरकारले प्राथमिकता नदिएको भन्दै सरकारको आलोचना गरे ।

राष्ट्रिय खाद्य बैंकका सल्लाहकार तथा उद्योगी किशोर प्रधानले देशको अर्थतन्त्र परिवर्तन कृषिबाट हुने बताए । कृषिमा लगानी गरे चार महिनाबाट प्रतिफल लिन सकिने उल्लेख गर्दै उनले भने – कृषिबाटै अर्थतन्त्र बलियो बनाउन सकिन्छ । त्यसका लागि कृषिमा लगानी बढाउनु पर्छ र किसानहरुलाई उत्साहित गर्नुपर्छ । उनले नेपालमा सबै भन्दा बढी सम्भावना रहेको कृषि क्षेत्र नै भएकाले देशलाई आत्मनिर्भर बनाउन सरकारले उद्योगी वयवसायीसंग सहकार्य गर्न जरुरी रहेको बताए ।

प्रा.डा जीवकान्त काफ्लेले खुल्ला सीमानाका कारण नेपाली किसानहरुले उत्पादन गरेको कृषिले मुल्य नपाएको बताउंदै खुल्ला सीमानका कै कारण बाहिरबाट आउने कृषि सामाग्रीसंग नेपाली किसानहरुले प्रतिष्पर्दा गर्न नसकेको बताए । उनले नेपाली कृषि उत्पादनको र बजारीकरण गरेर विदेश निर्यात गर्न सकिने बताए ।

राष्ट्रिय खाद्य बैंककी प्रवक्ता पवित्रा पोखरेलले राष्ट्रिय खाद्य बैंक, सरकार, किसना र कृषिसंग जोडिएका संस्थाहरु मिलेर कृषि उत्पादन बढाउनु पर्नेमा जोड दिइन । उनले कृषि उत्पादनको नेपालमा बजारीकरण गरेर विदेश निर्यात गर्न सकिने सम्भावना रहेको बताइन ।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष शर्माले राज्यले कृषिमा ध्यान दिए कृषिबाट देशलाई आत्मर्निभर बनाउन सकिने बताउंदै नीजि क्षेत्रले कृषिमा लगानी गर्न सक्ने बताए ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीको अध्यक्षता र महासचिव राजन पाण्डेयको सञ्चालनमा कार्यक्रम भएको हो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी, उदोगी वयवसायीहरु रितेस पोखरेल, शालिकराम वस्ती, जीवन भट्टराई लगायतले बोलेका थिए ।

किसानलाई उत्पादनमा जोडेर कृषिजन्य उत्पादन बढाउने उद्वेश्यले नेपालमा चार वर्ष अघि राष्ट्रिय खाद्यय बैंक स्थापना गरिएको हो । कृषि उत्पादन बढाएर नेपालललाई कृषिबाट आत्मर्निभर बनाउने गरी राष्ट्रिय खाद्य बैंकले काम गर्दै आएको छ ।