देशभर बदली

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिणतिर रहेकाले आज देशभरको मौसममा बदली रहनेछ।

आज दिउँसो देशका पहाडी भू भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू भागमा आंशिक बदली हुनेछ। पहाडी क्षेत्रका केही स्थानहरूमा र तराईका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी भू भागमा सामान्यतया बदली रहनेछ । ती प्रदेशका पहाडी भू भागका केही स्थानमा र बाँकी पहाड तथा तराईका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यसका साथै, कोशी प्रदेशका पहाडी र तराई भू भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।