सामाजिक सञ्जाल बन्दविरुद्व बुटवलमा प्रदर्शन, प्रमको राजीनामा माग


बुटवल, भदौ २३ गते । सामाजिक सञ्जाल बन्दको बिरोध गर्दै बुटवलमा युवाहरुले प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको बिरोध गर्दै सोमबार बिहानैदेखि बुटवलमा युवाहरुको ठुलो जमातले प्रदर्शन गरेको हो । 

सरकार र प्रधानमन्त्री ओलीविरुद्व नारावाजी गर्दै बुटवलका सडकमा बिरोध प्रदर्शन गरिएको छ । सरकार तेरो पारले दुख्ख पाएर साराले, मेरो देश बिरामी, तर पार्ने छौ यसलाई ठिक एकदिन हामी, दुखी जनताहरु कमाउनी भ्रष्ट नेताहरु त्यही पैसामा रमाउनी जस्ता बिभन्न खालका नारासहितका प्लेकार्ड बोकेर युवाहरु प्रदर्शनमा उत्रेका थिए । 
उनीहरूले ‘मलाई बोल्न दे सरकार’, नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाए ।
बिहानैदेखि प्लेकार्डसहित नारा लगाउंदै सडमा प्रदर्शन गरेका युवाहरुले प्रधानमन्त्री ओलीविरुद्व अपशब्द प्रयोग गरेर गालीगलोज गर्दै नारावाजी गरिएको थियो । 

बुटवलको राजमार्गचौराहदेखि शुरु भएको युवाहरुको बिरोध जुलुसले बुटवल बजार परीकर्मा गरेको थियो । सामाजिक सञ्जाल बन्द गरेर सरकारले जनताको स्वतन्त्रतामाथि अंकुश लगाएको भन्दै युवारुको जुलुसले बुटवल उपमहानगरपालिकाको गेटमासमेत बिरोध प्रदर्शन गरेका थिए ।
बुटवलको प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका निकट मानिने सन्तोष गिरी लगायतका केही युवाहरु अग्र्रपंक्तिमा रहेर प्रदर्शकारीहरुलाई साथ दिएका थिए । प्रदर्शनकारी युवाहरुले सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्द फिर्ता निलिदासम्म आन्दोलनजारी राख्ने चेतावनी दिएका छन् । 
सरकारको बिरोध गर्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलकिो राजिनामा माग गरेका छन् । सरकारका विरुद्व देशभर बिरोध प्रदर्शन भैरहेको छ । रुपन्देहीको बुटवलपछि भैरहवामा पनि बिरोध प्रदर्शन गरिएको छ ।






















