सुरक्षा निषेधाज्ञा तोड्दै राष्ट्रपति, प्रधानमन्त्रीको घरदेखि दलका नेता र पार्टी कार्यालय तोडफोड

बुटवल, भदौ २४ गते । काठमाडौँ उपत्यकामा प्रशासनले सुरक्षा व्यवस्थालाई कडा पारिएको भनिएता पनि खोख्ला सावित भएको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञ जारी गरिता पनि ठाउँठाउँमा आगजनी, तोडफोड, जुलुस लगायतका गतिविधिहरू भइरहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन नदिन निर्देशन दिइएको बताए । उपत्यकाका विभिन्न स्थानमा आगलगी एवं तोडफोट भइरहेको छ ।

काँग्रेस–एमालेका कार्यालयमा आगजनी ः

हालसम्म एमाले र काँग्रेसका विभिन्न कार्यालयहरूमा आगजनी भएका छन् । आन्दोलनकारीहरू समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् । सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूहले आज मंगलबार बिहानैदेखि दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् । युवाहरूले पार्टी कार्यालय र शीर्ष नेताका घरलाई निशाना बनाउन थालेका छन् ।

पृथ्वीसुब्बा गुरुङ

सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङको घर अगाडि आगजनी भएको छ ।

पुष्पकमल दाहाल (प्रचण्ड) ः

माओवादी नेता पुष्पकमल दाहाल (प्रचण्ड)को घर अगाडि पनि आगजनीका साथसाथै तोडफोड भएको छ ।

रमेश लेखक ः

हिजो मात्रै राजीनामा दिएका निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।
शेरबहादुर देउवा ः
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन । प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।
डा. आरजु राणा देउवा ः

त्यस्तै कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् । धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।

रघुवीर महासेठ ः

त्यस्तै नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुर स्थित घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरेका हुन् ।

प्रहरी प्रभाव कार्यालय ः

त्यस्तै काठमाडौंको साँखुस्थित प्रहरी प्रभाव कार्यालयमा प्रदर्शकारीहरूले तोडफोड गरेका छन् । १९ जनाको ज्यान जानेगरी भएको प्रदर्शनपछि आज फेरि आन्दोलन थप चर्को बन्दै गएको छ । यसैबीच साँखुको प्रहरी प्रभागमा पनि प्रदर्शनकारीहरूले ढुंगामुढा हानेका हुन् । अहिले साँखुमा प्रदर्शन चर्को बन्दै गएको छ ।

संसद भवन परिसरमा मंगलबार पनि बिहानैदेखि युवाले प्रदर्शन गरिरहेका छन् । सोमबार जेन–जीको आन्दोलनमा प्ररहरीले दमन गरेपछि मंगलबार पनि बानेश्वरमा युवाले प्रदर्शन गरिरहेका छन् । १९ जनाको मृत्यु भएपछि आजको आन्दोलनमा अभिभावकहरू पनि पुगेका छन् ।

आन्दोलनमा अभिभावक पनि स्वस्फूर्त आएको बताइएको छ । बानेश्वर संसद भवन परिसरमा सेना र प्रहरी परिचाल गरिएको छ । युवाहरूले अहिले पनि बानेश्वरमा प्रदर्शन गरिरहेका छन् ।

राजधानी बाहिरका विभिन्न जिल्लाहरूमा पनि निशेधाज्ञा तोडनुका साथसाथै आगजनी लगायतका गतिविधिहरू आन्दोलनकारीले गरिरहेका छन् ।

सिधा प्रसारणमा ः

काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ, भने देशरभनै आन्दोलन चकिृएको छ। कफ्र्यु आदेश जारी भएपनि अवज्ञा भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ ।प्रदर्शनकारीले शंखमुलतर्फ जाने सडक पूरै कब्जा गरेर आगो बालिरहेका छन् ।
स्वस्फूर्त आन्दोलनमा आएका युवालाई तितिर बितर बनाउन प्रहरीले टियरग्यास प्रहार गरेपनि आन्दोलन देशभर नै रोकिएको छैन ।

कफ्यूकाबीच युवाहरू प्रदर्शनमा उत्रिएका छन् । प्रधानमन्त्री ओलीविरुद्व नारावाजी गर्दै आन्दोलन कारीहरुले ओलीको कडा अलोचना गरिरहेका छन् ।

यता अर्घाखांचीमा पनि युवाहरुको जुलुसले सवै दलका पार्टी कार्यालयहरुमा तोडफोड गरेका छन् । रुपन्देहीमा भने आन्दोलन शान्तिपूर्ण नै छ । सैनामैना नगरपालिकामा घेराउ गर्नुका साथै आन्दोलनकारीहरुले सैनामैनाको वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
रुपन्देहीमा बिहानैदेखि निषेधाज्ञा जारी गरेपनि आन्दोलनकारीहरु mसडमा उत्रिएका छन् ।