स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द


बुटवल, भदौ २४ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । उनी कांगे्रसबाट मनत्री बनेका थिए । कांग्रेसका अन्य मन्त्रीहरुले राजीनामा दिने तयारी भएको कांगे्रसका एक नेताले नया दिशालाइ बताए ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो ।
आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको बताइृएको छ ।
असुरक्षा बढेपछि विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिएको छ ।
























