महिलाहरुका लागि पुरुषवादी चिन्तन बाधक – प्रदेश प्रमुख

बुटवल,पुस ७।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पुरुषवादी चिन्तनका कारण थकाली समुदायका महिलाहरु नेतृत्व तहमा आउनु नसकेको बताए । थकाली युवा परिवार नेपालले पोखरामा आयोजना गरेको प्रथम राष्ट्रिय भेला तथा नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुखले यस्तो बताएका हुन् ।
जिम्मेवारी दिएको खण्डमा महिलाले पनि नेतृत्व गर्न सक्ने धारणा राख्दै उनले भने महिलाहरुलाई पनि नेतृत्व तहमा ल्याउनु पर्छ। परिश्रमको हिसाबले हेर्ने हो भने पुरुष भन्दा महिला दोब्बर परिश्रमी हुने र अवसर नदिएर मात्रै हो जिम्मेवारी दिए महिला अगाडी आउन सक्ने शेरचनको भनाइ छ।
थकाली युवाहरुले राष्ट्रको हितमा योगदान दिनुपर्ने सुझाव दिंदै प्रदेश प्रमुख शेरचनले भने राष्ट्रियता विना कुनै पनि समुदायको पहिचान र अस्तित्व रहदैन। राष्ट्रियता विना हाम्रो पहिचान रहन सक्दैन । हामी थकाली हुन सक्दैनौ ।यदि नेपाल नै रहेन भने हामी नेपाली कहाँ रहन्छौ । र नेपाली नै भैदैन । त्यसैले युवाहरु राष्ट्रको हितमा लाग्नुस।
उनले राष्ट्रको एकताको लागि युवाको भुमिकासंगै महत्वपूर्ण जिम्मेवारी रहेको बताए।थकालीहरुको जनसंख्या पछिल्लो समय झन न्यून भएको बताउदै एकताको सुत्रमा बाधिनुपर्ने आवश्यक रहेको बताए।थकाली समुदाय सम्पन्नताको हिसाबले अगाडी रहेको बताउदै पहुँचको क्षेत्रमा पनि अग्रसर हुन सुझाव दिए।प्रदेश प्रमुख शेरचनले पांच दिन चल्ने सो नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रमबाट जीवनपयोगी ज्ञान आर्जन गर्ने कुरामा विश्वास व्यक्त गरे।प्रदेश प्रमुुख शेरचनले थकाली समुदायको जनसँख्यामा कमी भएको बताउदै दुई सन्तान ईश्वरको बरदान भन्ने उखानकोपछि नलाग्न समेत युवाहरुलाई आग्रह गरेका छन् ।
राष्ट्रिय भेलासंगै पांच दिन चल्ने नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रममा देशभरका १६ क्षेत्रका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ । भने महेश दाहालले सहभागीहरुलाई प्रशिक्षण दिने आयोजकहरुले बताएका छन् ।