भारतको जालन्धरमा विद्यार्थी संगठित

खिमराज चालिसे

चंडीगढ़, भदौ ३० गते । भारतको पंजाब राज्यको जालन्धरमा अखिल भारत नेपाली विद्यार्थी संघको नगर भेला एवं २०८२ को प्रगतिशील हरितालिका तिजको समिक्षा गरिएको छ ।

विद्यार्थी संघको नगर भेला तथा तिजी कार्यक्रम २०८२ को समिक्षा भेलाको सम्युक्त कार्यक्रमको उदघाटन उदघाटन मूल प्रवाहका केन्द्रिय सचिव एवं क्षेत्रीय सचिव कुल बहादुर बगालेले गर्नु भएको थियो । बगालेले विद्यार्थी संघको आवश्यकता र प्रगतिशील तिजबारे गहकिला विचार राख्नु भएको थियो। नवनिर्वाचित विद्यार्थी समितिको प्यानल घोषणा लक्ष्मण कार्कीले गर्नु भएको थियो। भेलाले शिखर गाहाको अध्यक्षतामा २१ पूर्ण र ७ वैकल्पिक सदस्य गरि २८ सदस्यीय विद्यार्थी नगर संगठन समिति चयन गरेको छ ।

जसमा उपाध्यक्ष लक्ष्मी परियार सचीव विवेक थापा उपसचिव अनु विक, कोषाध्यक्ष कविता थापा रहनु भएको छ।
त्यसैगरि सदस्यहरुमा क्रमशः लक्की गाहा, सन्तोषी परियार, सन्दीप बगाले, ज्ञानु दर्लामी, सविता सोमै, नेति सोमै, शान्ति बिक, सुशील बस्याल, अनुभव सापकोटा, चांदनी थापा, सुदन खत्री, अमृता बिष्ट, रितिका मल्ल, सरिता बिक, प्रदीप रेग्मी रहनु भएको छ।
यसैगरि वैकल्पिक सदस्यहरुमा दुर्गा बिक, मनिषा बिक, नवीन रेश्मी, माया घर्ती, प्रशान्त रेग्मी, रितु रेग्मी, अभिराज परियार, विनोद बगाले, रिद्दिमा आचार्य लगाएत हुनुहुन्छ।

भेलामा मूल प्रवाह केन्द्रिय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रिय सल्लाह जितमान थापा , केन्द्रिय महिला सदस्य शुष्मा खड्का, परिषद सदस्य जमुना गाहा, सुदुरपश्चिमोत्तर क्षेत्रीय सदस्य हिम प्रसाद सुनाम, क्षेत्रीय महिला सदस्य मीना बगाले, मीना थापा, लक्ष्मी थापा, रमा बिष्ट, र सांस्कृतिक सदस्य सर्मिला सापकोटा लगाएतको आतिथ्यता रहेको थियो। विद्यार्थी भेलालाई शुभकामना र तिजी कार्यक्रमको समिक्षाबारे माधव खनाल, कविता थापा, गीता गरुङ्ग, सर्मिला सापकोटा र शुशिला थापा लगायतले बोलेका थिए ।

तिजी कार्यक्रम लगायत संगठनात्मक कार्यमा व्यापक सहयोग पुर्याउनु हुने साथीहरू राधा रेग्मी, मीना थापा, शुष्मा खड्का, मनिकला, मीना बगाले, सीता सुनार, लक्ष्मी थापा, केशव खनाल, राजेन्द्र थापा, दिलबहादुर गाहा, मान बहादुर सारु, मीना सारु, रामु बिक, लक्ष्मण कार्की, तिल बहादुर थापा र शखपुष्पी टुरिज्म प्रा.ली. लाई विशेष सम्मान सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रम जीतमान थापाको अध्यक्षतामा तथा लक्ष्मण खडकाको संचालनमा सम्पन्न भएको थियो भने तिल बहादुर थापाले स्वागत गरेका थिए ।