वुमन केयर नेपालद्वारा खाद्यान्न वितरण र आंखा शिविर आयोजना

बुटवल, पुस ९ गते। वुमन केयर नेपाल रुपन्देहीले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । विशेष गरेर विपन्न घरपरिवार,व्याक्तिहरुलाई खाद्यान्न र विभिन्न ठाउंमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ । स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा क्रियाशील वुमन केयर नेपाल रुपन्देहीले शुक्रबार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ मा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुका साथै निःशुल्क आंखा शिविर आयोजना गरेको ग¥यो । बुटवल १२ दुर्गानगरमा आंखा शिविर आयोजना गरेको वुमन केयर नेपाल रुपन्देहीले २५ घर परिवारलाई खाद्यान्नसमेत उपलब्ध गराएको छ ।विपन्नहरुलाई चामल, अटा, चना, तेल, चिनी, नुन लगायत दैनिक उपभोग्य वस्तु वितरण गरिएको हो । बुटवल लायन्स आंखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न उक्त निःशुल्क आंखा शिविरमा ३ सय ५० जनाले आंखा परिक्षण गरेका छन् ।
आंखा परिक्षण गर्दा मोतियाबिन्दु लगायत अन्य जटिल खालका रोग देखिएमा विरामीहरुलाई नि.शुल्क अप्रेसन र औषधीसमेत उपलब्ध गराइने वुमन केयर नेपालकी अध्यक्ष रिता क्षेत्रीले बताइन । कार्यक्रममा बोल्दै बुटवल लायन्य आंखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले वुमन केयर नेपालले सिफारिस गरेका आंखाका रोगीहरुलाई निःशुल्क उपचार गरिने बताए। उनले आंखाका रोगी तर आर्थिक अभावका कारण उपचार गराउन नसकेका व्याक्तिलाई जो कोहीले सिफारिस गरेपनि बुटवल लायन्य आंखा अस्पतालले निःशुल्क उपचार गर्ने प्रतिवद्वता जनाए। कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सदस्य प्रेम पौडेल, नेपाली कांग्रेस बुटवल १२ का सभापति धर्मराज शर्मा, राष्ट्रिय मानव अधिकारी प्रतिष्ठान रुपन्देहीका अध्यक्ष राजु बन्जाडे। वुमन केयर नेपालका खेम भुसाल, सावित्रा न्यौपाने लगायतले बोल्दै स्वास्थ्य शिविर र खाद्यान्न विवतरणले विपन्नहरुलाई राहत मिलेको बताए वुमन केयर नेपालले ठाउंठाउंमा स्वास्थ्य शिविर र राहत वितरण कार्यलाई जारी राख्ने वुमन केयर नेपाल रुपन्देही सचिव मिना जीसीले बताइन। वुमन केयर नेपाल रुपन्देही अध्यक्ष रिता क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
वुमन केयर नेपालले यस अघि रुपन्देहीको फर्साटिकरमा आयोजना गरेको स्वास्थ्य शिविरमा ६ सय जनाले सेवा लिएका थिए ।