असोज महिनाको मासिक फलः औँशी, बुधबारको सूर्य संक्रान्तिले त्रास उत्पन्न हुने


असोज महिनाको मासिक फल २०८२
यस महिनामा ग्रहस्थिति मध्यम जस्ता छन् । आइतबारको औंशी, बुधबारको सूर्य संक्रान्तिले जनमानसमा त्रास उत्पन्न हुने छ । खाद्यान्नको मूल्यवृद्धि उच्च हुनेछ । कतैकतै साम्प्रदायिक तनाव देखा पर्नेछन् ।

राजनीतिक क्षेत्रमा एकापसमा विश्वासको संकट देखापर्ने ग्रहगोचर रहेको छ । तन्त्रको प्रश्रयले केही तस्कर र कालोबजारिया प्रशन्न हुनेछन् । निर्माण सामग्री, खाद्यान्न, सखर आदि राता पदार्थको मूल्य वृद्धि हुनेछ । दुग्धजन्य पदार्थको मूल्य सामान्य नै रहने छ । चोरी, डकैती तथा दुर्घटना आदि अप्रिय घटना हुन सक्ने देखिन्छ । शेयर बजारमा मन्दी आउनेछ ।
वर्षाजनित विप्लवले जनधनको क्षति पुर्याउने सम्भावना छ । यस महिनाको १, २, ६, ७, ८ र १३ गते वर्षाको योग देखिन्छ । सुन(चाँदी, चिनी, मसला, रक्तचन्दन, घीउ, खाद्यान्न, तील, खाद्यतेल, आदि मँहगा हुने छन् ।

वैदेशिक विप्रेषणको मात्रा तुलनात्मक रुपमा वृद्धि हुनेछ । यस महिनामा तिल, घृत, मह, औषधि, पितृनिमित्तक कर्म, ब्राम्हण(ब्राम्हणी भोजन, सिधा दान गर्नु उचित छ ।
मासिक राशिफल
मेषः मेष राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा आफ्नै राशि अर्थात् लग्नमा चन्द्रमा, तृतीय भावमा राहु, पञ्चम भावमा राशिस्वामी मङ्गल, छैटौं भावमा सूर्य, बुध र शुक्र, आठौं घरमा बृहस्पति तथा नवौं भावमा शनिश्चर र केतु ग्रहको उपस्थिति देखिन्छ । राशिस्वामी मङ्गल ग्रहले छैटौं घरमा, बुध ग्रहले सातौं घरमा र शुक्रले पनि सातौं घरमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । तपाईंका लागि यो महिना उपयोगी समयका रूपमा आएको छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । तर भाग्येश बृहस्पतिको अष्टम भावको यात्रा तथा नवम भावमा शनिश्चर र केतुको युति सम्बन्ध रहेकाले यो महिना गरेका कामबाट जस नपाउने समय हो ।
घरपरिवारमा पनि मनोमालिन्य, विवाद र असन्तुष्टिको परिस्थिति बनिरहने सङ्केत छ । महिनाको पूर्वार्द्धमा सप्तमेश शुक्रले छैटौं घरको यात्रा गर्ने हुँदा जीवनसाथी वा आत्मीय मित्रको प्रतिकूल स्वास्थ्यका कारण चिन्तित बन्नुपर्ने छ । त्यस्तै मौसमी रोगको चाप बढ्ने सम्भावना पनि देखिन्छ, त्यस्तै उधारोमा गएको धन फिर्ता नहुन सक्छ । अन्य ग्रहको प्रभाव जेजस्तो भए पनि सुरुमा आफ्नै राशिमा चतुर्थेश चन्द्रमाको उपस्थिति रहेको यो महिना प्रायः सबै तह र तप्काका व्यक्तिका लागि हाँखखेल, रामरमाइलो र प्रसन्नताका बीचमा समय बित्ने देखिन्छ । घरव्यवहार र घरायसी सम्पत्ति बढाउने सिलसिलामा केही धनराशि खर्च हुने परिस्थितिसमेत बन्नेछ । पञ्चमेश सूर्यको छैटौं भावमा उपस्थिति भएकाले विद्यार्थीले प्रतियोगिता, परीक्षा र प्रायोगिक क्रियाकलापमा सफलता आर्जन गर्ने समय हो, भावुक प्रकृतिका विद्यार्थीमा रागात्मक मनोदशा बिग्रिने सम्भावना छ, होस राख्नुपर्छ । गृहिणीहरुका लागि महिनाको उत्तरार्ध अनुकूल समय रहने छ, गहनागुरिया खरिद गर्ने वा कतै भ्रमणपर्यटनमा निस्कने सम्भावना पनि देखिन्छ । बन्दव्यापारमा संलग्न व्यक्तिहरूले उतारचढावको सामना गर्नु परे पनि नराम्रो समय छैन, तर बढी दौडधूप गर्नुपर्ने भएकाले शारीरिक शक्तिमा ह्रास आउने तथा थकान र कमजोरीको अनुभूति गर्नुपर्ने छ । त्यस्तै कर्मचारी, राजनेता र सामाजिक अभियन्ताले यो महिना शुभफल प्राप्त गर्ने सङ्केत छ । प्रेमीप्रेमिकाका लागि यो महिनाको उत्तरार्द्ध राम्रो छ ।
यस महिनाका लागि शुभ अङ्क १, ८ र शुभ रङ्ग सेतो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवको समरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यसैगरी ग्रहगोचरमा रहेको अशुभता हटाउन तपाईंले अष्टम भावमा रहेको भाग्येश बृहस्पतिको उपासनामा जोड दिनु राम्रो हुन्छ । एक दिन बृद्धाश्रममा रहेका बृद्धबृद्धाको वा मगन्ते भिखारीको सेवा गरेमा अशुभ फलको निवारण हुनेछ । असोजको ७, ८, १५, १६, १७, २५, २६ र २७ गतेको चन्द्रमा तपाईंका लागि अनिष्ट रहने देखिन्छ ।
वृषः वृष राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा द्वितीय भावमा राहु, चतुर्थ भावमा मङ्गल, पञ्चम भावमा सूर्य, बुध र राशिस्वामी शुक्र, सातौं घरमा बृहस्पति, अष्टम भावमा शनिश्चर र केतु तथा बाह्रौं भावमा चन्द्रमाको उपस्थिति देखिन्छ । मङ्गल ग्रहले पञ्चम भावमा, बुध ग्रहले छैटौं घरमा र शुक्रले पनि छैटौं घरमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । पाँचौं भावमा सूर्यको उपस्थिति भएकाले यो महिना मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्वाकांक्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तन मननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ । राशिस्वामी शुक्र र पञ्चमेश बुधले समेत पाँचौं र छैटौं भावको यात्रा गर्ने भएकाले विपरीत लिङ्गीप्रति आकर्षित भइने छ । आकस्मिक रुपमा हितकारी घटना घट्न सक्छ । सामाजिक प्रतिष्ठा र सुख समृद्धि पनि बढ्ने छ । पारिवारिक जीवन अति सुखद् रहने छ ।
सृजनात्मक क्षमताको प्रस्फुटन हुनाले कला, साहित्य, सङ्गीत आदि क्षेत्रमा प्रशंसा प्राप्त हुनसक्छ । मङ्गल ग्रहले पञ्चम भावमा प्रवेश गर्ने हुँदा प्रेमजीवनमा टकरावको स्थिति सिर्जना हुनसक्छ । सप्तमेश मङ्गल ग्रहले चतुर्थ र पञ्चम भावको यात्रा गर्ने भएकाले गृहिणीले सुरुमा पारम्परिक काम र घरगृहस्थीमा समय यापन गर्नुपर्ने हुन्छ, तर पछिल्ला दिनमा पतिको व्यवसायिक वा पेसागत उन्नति भएको खबर सुन्न पाउने महिना छ । सन्तानले पनि राम्रो नतिजा देखाउने छन् । विद्यार्थीले मौखिक अभिव्यक्तिका क्षेत्रमा राम्रो परिणाम पाउने समय छ भने रोजगारीको प्रयास गरेमा धनार्जनको बाटो खुल्ने समय देखिन्छ । उद्यमी र व्यापारीले नयाँ बन्द व्यापार वा बैंकवित्तीय क्षेत्रको नयाँ कारोवार गर्ने शुभ समय छ त्यस्तै कर्मचारीले चाहेको जिम्मेवारी पाउने वा चाहेको लाभमूलक स्थानमा सरुवा मिलाउन सक्नेछन् ।
यस राशिको भाग्येश र कर्मेश मानिने शनिश्चर ग्रह अष्टम भावमा रहेकाले उक्त ग्रहको शान्तिका लागि तपाईंले शनि मृत्युञ्जयको निरन्तर पाठ गर्नु गराउनु शुभ हुन्छ । यो महिनाका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व बिघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । असोज महिनामा १, २, ९, १०, १७, १८, १९, २७, २८ र २९ गतेका दिन चन्द्रमाले अशुभ घरको यात्रा गर्ने सङ्केत छ ।
मिथुनः मिथुन राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा आफ्नै राशि अर्थात् लग्न भावमा राहु, तृतीय भावमा मङ्गल, चतुर्थ भावमा सूर्य, राशिस्वामी बुध र शुक्र, छैटौं घरमा बृहस्पति, सप्तम भावमा शनिश्चर र केतु तथा लाभ भावमा चन्द्रमाको उपस्थिति देखिन्छ । मङ्गल ग्रहले चतुर्थ भावमा, राशिस्वामी बुध ग्रहले १० गते पाँचौं घरमा र शुक्रले पाँचौं घरमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् । चौथो भावमा रहेको सूर्य, राशिस्वामी बुध र पञ्चमेश शुक्रको संयुक्त प्रभावले यो महिना आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय पनि हो, त्यसैले सवारी हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु ठीक हुन्छ ।
त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुःख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । राशिस्वामी बुधले चौथो र पाँचौं भावमा भ्रमण गर्ने समय भएकाले यसको प्रभावले लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । कार्यशैलीमा गम्भीरता आउने छ । सुख सुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । मातापितासित सुमधुर सम्बन्ध रहने छ । विलासिताका सामग्रीमा खर्च बढ्ने छ । मङ्गल ग्रहले चतुर्थ भावमा प्रवेश गरेपछि मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । अन्धविश्वास र भ्रमले डेरा जमाउने बेला पनि हो, यो । छाती र चिसोको रोगव्याधिले दुःख दिनसक्छ ।
मिथुन राशि हुने विद्यार्थीले प्रायोगिक विषयमा राम्रो सफलता पाउने समय छ, तर प्रेम, रमणीयता र खेलवाडले भएको क्षमता प्रस्फुटन हुन नसक्ने हुँदा अधिकतम मिहिनेत र लगनशीलताको खाँचो हुनेछ । गृहिणीले पतिसुख पाउनुका साथै भ्रमण, घुमघाम र गहनागुरिया खरिदमा धन खर्चने समय चल्दैछ । भाग्येश सप्तम भावमा रहेकाले गरेका हरेक काममा भाग्यले साथ दिने महिना छ, तर केतुसमेत सँगै हुँदा हतारको निर्णय र छुच्चो मुखले समस्या निम्त्याउन सक्छ । त्यस्तै उद्यमी, व्यापारी, सामाजिक कार्यकर्ता र कर्मचारीका लागि यो समय प्रसन्नता र आनन्दको समय हुनेछ । यस महिनामा अझ शुभफल प्राप्त होस् भन्ने उद्देश्यले तपाईंले भाग्येश शनिश्चरको उपासनामा नै जोड गर्नु राम्रो हुनेछ । हुनसक्छ भने कम्तीमा ६ क्यारेटको पन्ना रत्न हरहमेशा धारण गरेमा शुभफल प्राप्तिमा सहजता हुनेछ ।
यो महिनाका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको स्मरण गरि आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ । यस्तै यस महिनाको २, ३, ४, ११, १२, १३, २०, २१, २२ र ३० गतेका दिन चन्द्रमाको प्रभाव कमजोर रहने दिन छ ।
कर्कटः कर्कट राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा द्वितीय भावमा मङ्गल, तृतीय भावमा सूर्य, बुध र शुक्र, पाँचौं घरमा बृहस्पति, छैटौं भावमा शनिश्चर र केतु, कर्म क्षेत्र दशम भावमा राशिस्वामी चन्द्रमा तथा बाह्रौं भावमा राहु ग्रहको उपस्थिति देखिन्छ । मङ्गल ग्रहले यस महिनाको तृतीय भावमा, बुध ग्रहले चौथो घरमा र शुक्रले चौथो घरमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । महिनाको प्रारम्भमा कर्म क्षेत्रमा रहेको राशिस्वामी चन्द्रमा र पराक्रम स्थानमा बसेको सूर्यको प्रभावले असोज महिनामा तपाईंको पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम् समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद् रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ ।
सामाजिक र परोपकारी काममा सहयोग लिन÷दिन सकिनेछ । लक्ष्य प्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुन सक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ, तर व्यवसाय वा काममा बढी मिहिनेत गर्ने हुँदा स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्न सक्छ । त्यस्तै बाह्रौं भावमा रहेको राहु र छैटौं भावको सप्तमेश शनिश्चर र केतुका कारण घरपरिवारमा ससाना कुरामा मनमुटाव र उतार चढावको परिस्थिति बन्नेछ । सामान्य कुराले पनि मानसिक उल्झन र तनाव बढ्ने सङ्केत छ । कुनै गुप्त कारोबार वा गतिविधिका क्रममा हानि ब्यहोर्नु पर्ने हुन्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ । कर्कट राशिका विद्यार्थीमा यस महिनामा घमण्ड र अहङ्कार हाबी हुने खतरा छ । महिनाको प्रारम्भमा पञ्चमेश द्वितीय भावमा बसेकाले प्रेम र प्रणय प्रसङ्गमा अधिक झुकाव बढ्नाले पनि तपाईंको पठनपाठन प्रभावित बन्न सक्छ, सचेत हुनपर्छ । गृहिणीका लागि यो महिना शुभ छ, पतिका माध्यमबाट बहुप्रतीक्षित इच्छा कार्यान्वयन गराउने महिना हो, असोज महिना । तर विवाद र कलहबाट टाढा रहनु पर्छ, त्यस्तै शरीरको मध्यभागमा पीडा हुनसक्ने समय छ । उद्यमी र व्यापारीहरूले व्यापार विस्तार गर्ने तथा साझेदारीमा नयाँ काम थाल्ने उत्तम समय छ, तर कर्मचारी, सामाजिक कार्यकर्ता र राजनेताका लागि जोखिम र रिस्की काम गरेर यश आर्जन गर्नुपर्ने समय भएकाले सचेत भई अघि बढ्नु जायज हुनेछ ।
यस राशिका व्यक्तिले यो महिना कुनै अशुभता प्राप्त नहोस् भन्ने उद्देश्यले हरेक शुभकर्म गर्नुपूर्व कुल र पितृको उद्धारको उद्देश्य राखी कुनै शुभ कर्म सम्पादन गर्नु जायज हुनेछ, सम्भव नहुँदा भिखारी, मगन्ते वा बृद्धबृद्धालाई पेटभरि भोजन गराएमा पनि गरेको काममा सफलता मिल्ने देखिन्छ । यो महिनाका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । यस्तै यस महिनाको ५, ६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।
सिंहः सिंह राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा आफ्नै राशि अर्थात् लग्न भावमा मङ्गल, द्वितीय भावमा राशिपति सूर्य, बुध र शुक्र, चौथो घरमा बृहस्पति, पञ्चम भावमा शनिश्चर र केतु, भाग्यस्थान अर्थात् नवम भावमा चन्द्रमा तथा एकादश भावमा राहु ग्रहको उपस्थिति देखिन्छ । मङ्गल ग्रहले द्वितीय भावमा, बुध ग्रहले तृतीय भावमा र शुक्रले पनि तेस्रो घरमा नै प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । यो महिना धन सम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर बढी रौसिनु हुदैन । आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । महत्वाकांक्षा राख्नाले निराशा हात लाग्नेछ । यसैगरी शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामर्थ्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा सामर्थ्य नहुने भएकाले धेरै बोल्नु पनि ठीक हुँदैन । यद्यपि आफ्नै राशि र द्वितीय भावमा बसेको भाग्येश मङ्गलको शुभ फल नै प्राप्त हुने बताइन्छ, तर सप्तमेश शनिश्चर केतुका साथमा भएकाले जीवनसाथी वा साझेदारसित हुनसक्ने झैझगडा, मनमुटाव र किचलोबाट हरसम्भव जोगिने प्रयास गर्नु बुद्धिमानी हुनेछ ।
विद्यास्थानको मालिक चतुर्थ भावमा भएकाले यो महिना सिंह राशिका विद्यार्थीले ख्याति कमाउने र प्रतियोगिता परीक्षामा सफल हुने समय चल्दैछ, वैदेशिक शिक्षाका लागि राम्रो समय छ । त्यस्तै सप्तमेश लग्नमा पाँचौं भावमा आएर बसेको हुँदा गृहिणीको मन फुरुङ्ग हुने समय छ, पतिको सामीप्य बढ्ने, भ्रमण, पर्यटन र तीर्थाटनको अवसर मिल्ने तथा बहुप्रतीक्षित वस्तुको किनमेल गरिने छ । यद्यपि छोराछोरीका क्रियाकलाप र उन्नतिप्रगति चिन्ताको विषय बन्नसक्छ । उता कर्मक्षेत्र र भाग्यस्थानका मालिकहरु क्रमशः शुक्र र मङ्गल दुबै बलशाली भएकाले कर्मचारी, कामदार र व्यापारीहरूले पनि शुभ परिणाम प्राप्त गर्ने समय चल्दैछ । खासगरी प्रेम जीवनमा रहेकाहरूका लागि त्यत्ति गतिलो समय छैन, पार्टनरले कुरा नबुझिदिनाले मानसिक खिन्नता बढ्ने परिस्थिति बन्नेछ ।
यो महिनाका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । यो महिनाको सुरुमा शिरमा बसेको मङ्गल ग्रहको दुष्प्रभाव नपरोस् भन्ने उद्देश्यले तपाईंले श्रीगणेश वा हनुमानको उपासनामा जोड दिनु राम्रो हुन्छ । यस महिनाको ७, ८, १५, १६, १७, २५, २६ र २७ गतेको चन्द्रमा तपाईंका लागि अनिष्ट रहने देखिन्छ ।
कन्याः कन्या राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा आफ्नै राशि अर्थात् लग्न भावमा सूर्य, राशिस्वामी बुध र शुक्र, तेस्रो घरमा बृहस्पति, चतुर्थ भावमा शनिश्चर र केतु, सङ्कटस्थान अर्थात् अष्टम भावमा चन्द्रमा, दशम भावमा राहु तथा बाह्रौं भावमा मङ्गल ग्रहको उपस्थिति देखिन्छ । मङ्गल ग्रहले तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा, बुध ग्रहले दोस्रो घरमा र शुक्रले पनि दोस्रो घरमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । आफ्नै राशिमा रहेको सूर्यको प्रभावले यो महिना सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तर तपाईंमा अहङ्कार र आडम्बरको भावना पनि विकसित हुन सक्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्वपूर्ण जिम्मेवारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।
त्यस्तै राशिस्वामी बुध र भाग्येश शुक्रले यो महिना तपाईंको आफ्नै राशिमा र धनभावमा भ्रमण गर्ने भएकाले सुविधासम्पन्न जीवन यापन हुनेछ । पारिवारिक सुख मिल्नेछ । घरायसी सुखसुविधा बढाउन र चलअचल सम्पत्ति आदिमा खर्च बढ्ने छ, साथै बन्द व्यापारको विकासमा पनि धनव्यय हुनेछ । अचानक अयाचित लाभ मिल्नेछ । उच्चपदस्थ र शक्तिशाली व्यक्तिहरूको सम्पर्कमा पुग्ने सम्भावना छ । ख्याति र सम्मानमा अभिवृद्धि हुनेछ । व्यापारमा परिवर्तन हुने वा नोकरीमा बढुवा वा प्रशंसा समेत पाउने सम्भावना छ । यो महिना कन्या राशिका अध्येता, अनुसन्धाता र विद्यार्थीबाहेक अन्य क्षेत्रका व्यक्तिहरूले अत्यन्त सकारात्मक र शुभफल पाउने परिस्थिति देखिन्छ । पञ्चम भावको मालिक केतुका साथमा चतुर्थ भावमा रहेकाले विद्यार्थीले वैदेशिक प्रयोजनका काम, स्कोलरसीप वा विदेशयात्रा, डिपेन्डेन्ट भिसामा विदेश जाने तैयारी गर्दै हुनुहुन्छ भने राम्रो हुन्छ, तर घरैमा बस्नेले बाध्यता र परिबन्दका कारण पढाइमा ध्यान केन्द्रित गराउन सक्नुहुन्न । सप्तमेश तृतीय भावमा रहेकाले गृहिणीहरुले माइतीपक्षको कुनै शुभकर्ममा सहभागी बन्ने र दाजुभाइका तर्फबाट विशेष सहयोग वा स्मरणयोग्य उपहार प्राप्त गर्ने समय छ । कर्मचारी, कामदार र बन्दव्यापारमा संलग्नहरुले सामान्यतया लाभ नै पाउनु हुनेछ, तर जोखिम मोलेर गरिने काममा अङ्कुश लगाउनु जरुरी देखिन्छ ।
यो महिना ग्रहपरिवेशमा देखिएको कमजोरीलाई व्यवस्थित तुल्याउन चतुर्थ भावमा बसेको शनिश्चरको उपासनामा जोड दिनु राम्रो हुन्छ । शनिस्तोत्रको पाठ गर्ने, शनिबार पीपलमा पानी चढाउने वा शनिवारका दिन दिनदुःखीको सरसहयोग गर्ने बानीको विकास गरेमा अशुभ पक्षको निवारण गर्न सघाउ पुग्नेछ । यो महिनाका लागि शुभ अङ्क ६, ८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व देवीको ध्यान गरि आरम्भ गर्दा अधिक लाभ हुनेछ । असोज महिनामा १, २, ९, १०, १७, १८, १९, २७, २८ र २९ गतेका दिन चन्द्रमाले अशुभ घरको यात्रा गर्ने सङ्केत छ ।
तुलाः तुला राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा दोस्रो घरमा बृहस्पति, तृतीय भावमा शनिश्चर र केतु, प्रणय भाव अर्थात् सातौं घरमा चन्द्रमा, नवम भावमा राहु, एकादश भावमा मङ्गल र बाह्रौं घरमा राशिस्वामी शुक्रका साथमा सूर्य र बुध ग्रहको उपस्थिति देखिन्छ । मङ्गल ग्रहले बाह्रौं घर अर्थात् खर्च भावमा, बुध ग्रहले तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा र शुक्रले लग्न भावमा नै प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । महिनाको प्रारम्भमा बाह्रौं भावको सूर्यका साथमा राशिस्वामी शुक्रको समेत उपस्थिति हुने भएकाले यो महिना क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु राम्रो हुन्छ । यस अवधिमा आवेगमा गरिएका काम र गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ । त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ, जुवातास, लटरी र सट्टापट्टातर्फ नहौसिनु ठीक हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । मनमा कुविचार आउने छन् एवं दुर्जन, व्यभिचारी र फटाहासँग सङ्गत बढ्ने देखिन्छ । प्रेम जीवन निरस हुनसक्छ । अनावश्यक यात्राको योग छ अनि यात्राका क्रममा झमेलासमेत व्यहोर्नु पर्ने हुन्छ । व्यवसायिक स्थितिमा गिरावट आउनसक्छ । व्यक्तिगत स्वास्थ्य पनि अनुकूल रहने छैन । नातागोताका सदस्य एवं मित्रवर्गसँग सुमधुर सम्बन्ध कायम राख्नु आवश्यक छ, अन्यथा एकआपसमा तनाव उत्पन्न हुनसक्छ । तर अत्तालिइहाल्ने परिस्थिति नै होइन, धनस्थानमा बसेको बृहस्पतिको प्रभावले शत्रुमाथि विजय प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । कला, कविता र साहित्यमा रुचि बढ्ने छ । आफ्नो रूचिको क्षेत्रमा गरेको प्रयास सार्थक हुनेछ । त्यस्तै महिनाको उत्तरार्ध अर्थात् राशिस्वामी आफ्नै राशिमा प्रवेश गर्ने भएकाले त्यसपछि आँटेताकेका काममा सफलता मिल्ने देखिन्छ ।
तुला राशिका विद्यार्थी र कर्मचारीले शुभफल पाउने महिना हो, यो महिना । सङ्क्रान्तिका दिन पराक्रम स्थानमा पञ्चमेशको उपस्थिति भएकाले ज्ञान र प्रतिष्ठा प्राप्तिका लागि गरिएका हरेक क्रियाकलापमा शुभफल प्राप्ति हुनेछ । उद्यमी र व्यापारीहरूले कामदार, विश्वासपात्र र साझेदारसँग सतर्कता अपनाउनु जाति हुन्छ । अब नयाँ ठाउँमा लगानी गर्नु वा व्यापार विस्तारका लागि प्रयास गर्नु राम्रो हुन्छ । कर्मचारीले आफैंले गरेको सानो त्रुटिको ठूलो सजाय वा जोखिम ब्यहोर्नुपर्ने समय छ, त्यसैले हरेक काममा तन्यमयताका साथमा काम गर्ने, गल्ती वा त्रुटि हुन नदिने प्रयास गर्नु वाञ्छनीय देखिन्छ ।
यो महिनाका लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यस्तै यो महिनाको ग्रह परिवेशलाई आफ्नो पकडमा ल्याउन तपाईंले यो महिनाभरि हरेक दिन गाईको सेवा गर्नु मुनासिव हुनेछ वा महिनाको कुनै शुक्रवारका दिन आफ्नो तौलबराबर चारो, चोक्कर वा अन्नादि दान गरेको जाति हुन्छ । तपाईंका लागि यस महिनाका २, ३, ४, ११, १२, १३, २०, २१, २२ र ३० गतेका दिन चन्द्रमाको प्रभाव कमजोर रहने दिन छ ।
वृश्चिकः वृश्चिक राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा बृहस्पति, द्वितीय भावमा शनिश्चर र केतु, षष्ठ भावमा चन्द्रमा, अष्टम भावमा राहु, दशम भावमा राशिस्वामी मङ्गल, एकादश भाव लाभ स्थानमा सूर्य, बुध र शुक्र ग्रहको उपस्थिति देखिन्छ । राशिस्वामी मङ्गल ग्रहले लाभ स्थान मानिने एकादश भावमा, बुध ग्रहले बाह्रौं घरमा र शुक्रले पनि बाह्रौं घरमा प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् । महिना सुरु हुँदा राज्यस्थानमा सूर्य र कर्म स्थानमा राशिस्वामी मङ्गलको प्रभाव रहेकाले यो महिना इच्छा र आकांक्षा पूर्ण हुने समयका रूपमा आएको छ । यसैगरी बहुप्रतीक्षित महत्वाकांक्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ । थालेको काम छिटै सम्पन्न हुन्छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवारप्रशंसा पाउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद् र सफलतम सिद्ध हुनेछ । तर द्वितीय भावमा शनिश्चर र केतुको युतिसम्बन्ध रहेको र साढेसाती शनि दशाको अन्तिम अवस्था चल्दै गरेकाले आर्थिक पक्ष कमजोर रहने छ, अचानक धनहानि हुने र खर्चबर्चको मात्रामा दिनानुदिन बृद्धि भइरहने सङ्केत छ, त्यसो त आम्दानीका मार्गमा अवरोध हुँदैन तर सञ्चय गर्ने परिस्थिति बन्दैन ।
वृश्चिक राशिका विद्यार्थीले उत्तम परिणाम पाउने समय छ र गृहिणीले पनि आनन्द र हर्षोल्लासका साथमा समय बिताउनु हुनेछ । तर कर्मचारी, कामदार, उद्यमी, व्यापारी र लगानीकर्ताका लागि पनि राम्रै समय देखिन्छ । पञ्चमेश बृहस्पतिले तपाईंको आफ्नै राशिमा उपस्थिति जनाएकाले विद्यार्थी र अध्येताका महत्वाकांक्षा र उद्देश्य सफल हुने महिना हो, त्यस्तै सप्तमेश सुरुमा लाभ भावमा बसेको तथा सातौं भावमा नै चन्द्रमाको उपस्थिति भएकाले गृहिणीहरूले खुसी, उमङ्ग र राम, माइलोमा महिनाको मध्यभागसम्म बिताउन पाउनु हुनेछ, तर सप्तमेशले बाह्रौं भावको यात्रा गर्ने भएकाले कडा बुहार्तन खेप्नुपर्ने परिस्थिति आउने छ । राज्यस्थानमा मासाधिपति सूर्य र बुधको बुधादित्य योग रहेकाले अन्य क्षेत्रका व्यक्तिले हिम्मत बढाएर काम लिने समय छ । व्यापारीहरूको व्यापारमा विस्तार हुनेछ भने कर्मक्षेत्र र लाभभावमा राशिस्वामीको उपस्थिति भएकाले कर्मचारीले मान पाउने समय रहने छ ।
यो महिनाका लागि शुभ अङ्क ३, ७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृ देवताको आरधना गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यस्तै, महिनाको ग्रह परिवेशउपर नियन्त्रण गर्न दोस्रो भावको शनिको शुभताका निमित्त तपाईंले यो महिना कुनै शनिबारका दिन बृद्धबृद्धा वा रोगीलाई भोजन गराउने, सेवासुश्रुषा गर्ने काम गरेमा लाभ मिल्ने तथा दिनैपिच्छे शनिमृत्युञ्जयको पाठ गरेमा पनि शुभफल पाउन सक्नुहुनेछ । सामान्यतया यस महिनाको ५, ६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।
धनुः धनु राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तपाईंको आफ्नै राशि अर्थात् लग्न भावमा शनिश्चर र केतु, पञ्चम भावमा चन्द्रमा, सप्तम भावमा राहु, नवम भावमा मङ्गल, दशम भाव कर्म स्थानमा सूर्य, बुध र शुक्र तथा बाह्रौं भाव व्यय स्थानमा बृहस्पति ग्रहको उपस्थिति देखिन्छ । मङ्गल ग्रहले पितृ स्थान मानिने दशम भावमा, बुध ग्रहले एघारौं घरमा र शुक्रले एघारौं घरमा प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । कर्मस्थानमा राशिस्वामी सूर्यको प्रवेश भएको छ, त्यसैले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । त्यस्तै मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ, साथै गरिआएको काममा बढुवा वा प्रगति हुनेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ । व्यवसायिक÷व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । अधिकतम आर्थिक समस्याहरू हल हुन सक्छन् । तर आफ्नै राशिमा बसेको शनिश्चर र केतु एवं बाह्रौं भावमा बसेको राशिस्वामी बृहस्पतिको प्रभावले बाध्यात्मक र आवश्यक काममा धनव्यय हुने सङ्केत छ, त्यस्तै यस अवधिमा प्रशासनिक काम र मुद्दामामिलाबाट लाभ लिन सकिने छैन । जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अङ्कुश लगाएको बेस हो, अनि पेटको रोगले समेत सताउन सक्छ ।
धनु राशिका उद्यमी, व्यापारी र लगानीकर्ताका लागि उत्तम समय देखिंदैन तर विद्यार्थी र गृहिणीहरूले राम्रो परिणाम प्राप्त गर्ने समय देखिन्छ । विद्यास्थानको मालिक भाग्यभाव र कर्म क्षेत्रमा रहने हुँदा पठनपाठनमा राम्रो परिणाम पाउन सकिन्छ, त्यस्तै रोजगारीको प्रयास गरेमा पनि सफलता पाउन सकिने समय छ । उता सप्तमेशले पनि दशम र एकादश भावको यात्रा गर्ने भएकाले गृहिणीहरूले पति र छोराछोरीका माध्यमबाट शुभफलको आशा गर्ने समय हो, घरमा आवश्यक कुनै सम्पत्ति जोड्ने सम्भावना देखिन्छ । तर कर्मचारी र व्यापारीले कार्यक्षेत्र वा कार्यालयको काममा निकै व्यस्त रहनु पर्ने, हरेक काममा सक्रिय हुनुपर्ने परिस्थिति देखिन्छ, तर कर्मचारीले बढुवा, प्रशंसा वा पुरस्कार हासिल गर्ने समय पनि हो । उद्यमी, व्यापारी र लगानीकर्ताले द्वादश भावमा राशिस्वामी रहेकाले धनप्रयोग गर्दा सचेतता अपनाएको राम्रो हुन्छ ।
यो महिनाका लागि शुभ अङ्क १, ७ र शुभ रङ्ग गुलाबी वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यस्तै, यस महिनालाई शुभफलदायक बनाउन तपाईंले राशिस्वामी बृहस्पति ग्रहको मन्त्रजाप वा कुलपितृको उपासनामा जोड दिनु राम्रो हुन्छ । यस महिनाको ७, ८, १५, १६, १७, २५, २६ र २७ गतेको चन्द्रमा तपाईंका लागि अनिष्ट रहने देखिन्छ ।
मकरः मकर राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तपाईंको चतुर्थ भावमा चन्द्रमा, छैटौं भावमा राहु, अष्टम स्थानमा मङ्गल, नवम भाव अर्थात् भाग्य स्थानमा सूर्य, बुध र शुक्र, लाभ भावमा बृहस्पति र द्वादश भाव व्ययस्थानमा राशिस्वामी शनिश्चरका साथमा केतु ग्रहको उपस्थिति देखिन्छ । मङ्गल ग्रहले भाग्य स्थान मानिने नवम भावमा, बुध ग्रहले दशम भावमा र शुक्रले दशौं घरमा नै प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । भाग्यस्थानमा रहेको सूर्य र बुधको प्रभावले यस महिनालाई सकारात्मक बनाएको छ । महिनाको प्रारम्भ चतुर्थ भावमा रहेको चन्द्रमाको प्रभावबाट हुने हुँदा यो महिना पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने समय हो । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नतिरप्रगति गर्नेछन्, सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । यो महिना उच्च पदमा प्रतिष्ठित व्यक्तिहरुसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रो समय छ ।
तर महिनाभरि राशिस्वामी शनिश्चर र केतुको बाह्रौं घरको यात्रा निरन्तर रहेकाले दूरगामी प्रयोजनका कामका लागि केही महिना पर्खनुपर्ने बाध्यता देखिन्छ । यद्यपि वैदेशिक प्रयोजनका काम र पारम्परिक वा धार्मिक कृत्यतर्फ शुभफल नै प्राप्त हुने सङ्केत छ । यो महिना भाग्यस्थानमा सूर्य, भाग्येश बुध र पञ्चमेश शुक्र बसेर महिनाको सुरु भएकाले सामान्यतया सबै तह, तप्का र उमेरका जातकहरूले शुभफल नै प्राप्त गर्ने समय चल्दैछ । विद्यार्थीले पञ्चमेश शुक्र नवम भावमा रहेकाले नचिताएको उपलब्धि हासिल गर्ने समय हो । यस्तै, गृहिणीले पनि सप्तमेश चन्द्रमा चतुर्थ भावमा रहेकाले घरपरिवारमा खुसीको वातावरण प्राप्त गर्नुहुनेछ । तर पतिसित विचारमा बेमेल हुनाले पटकपटक झडपको परिस्थिति बन्नेछ, चुप लागेर नै जितिन्छ भन्ने हेक्का राख्नुपर्छ । महिनाको उत्तरार्धमा दशम भावमा भाग्येश र पञ्चमेश रहने हुँदा व्यक्तित्व विकास र प्रतिभा प्रदर्शन गरी प्रशंसा बटुल्ने अवसर पाउने छन् । बन्दव्यापारमा संलग्नहरूका लागि पनि राम्रै हुनेछ ।
यो महिनाका लागि शुभ अङ्क ७, ८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । यस्तै यस महिना पर्नसक्ने जोखिमलाई न्यूनीकरण गर्न तपाईंले राशिस्वामी शनिश्चरको उपासनामा जोड दिने र हरहमेशा नीलम, नीली वा जामुनिया रत्न धारण गरेको जाति हुन्छ । असोज महिनामा १, २, ९, १०, १७, १८, १९, २७, २८ र २९ गतेका दिन चन्द्रमाले अशुभ घरको यात्रा गर्ने सङ्केत छ ।
कुम्भः कुम्भ राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तपाईंको तृतीय भावमा चन्द्रमा, पञ्चम भावमा राहु, सप्तम स्थानमा मङ्गल, अष्टम भाव अर्थात् आयु स्थानमा सूर्य, बुध र शुक्र, दशम भावमा बृहस्पति र एकादश भाव लाभ स्थानमा राशिस्वामी शनिश्चरका साथमा केतु ग्रहको उपस्थिति देखिन्छ । मङ्गल ग्रहले सङ्कट क्षेत्र मानिने अष्टम भावमा, बुध ग्रहले भाग्य भावमा र शुक्रले पनि उक्त भाग्य स्थानमा नै प्रवेश गरी राशि परिवर्तन गर्नेछन् । अनुकूल समय देखिंदैन । अष्टम भावमा सूर्यको प्रभाव रहने भएकाले खासगरी सवारी साधन हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा तुजुक देखाउनु राम्रो हुँदैन । मन अध्यात्म, ध्यान र कसरततर्फ आकर्षित रहने समय छ । खानपानको अनियमितता र बढी व्यस्त रहनु पर्ने भएकाले स्वास्थ्यस्थितिमा गिरावट आउने परिस्थिति बन्नेछ । यस्तै आफूमात्र होइन, घरका वृद्ध सदस्य, अभिभावक वा परिवारको कुनै सदस्यको स्वास्थ्यमा समेत नकारात्मकता देखिन सक्छ । पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, त्यस्तै महत्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । महिनाको पूर्वार्द्धमा भाग्येश शुक्र र पञ्चमेश बुधले समेत अष्टम भावमा उपस्थिति जनाएकाले उक्त अवधिमा लक्ष्यप्रति भ्रमित रहनाले एकपटक हातमा आएको कामलाई मात्र महत्व दिएर त्यसैमा घोरिरहन मन लाग्नेछ । व्यक्तित्वमा अहङ्कारले प्रवेश गर्नेछ जसका कारण लोकप्रियता घट्न सक्छ र जनप्रियतामा कमी आउने छ । यी दुवै ग्रह महिनाको उत्तरार्द्धमा भाग्य भावमा प्रवेश गर्ने हुँदा त्यसपछि अलि सन्तोषजनक समय रहने आशा गर्न सकिन्छ ।
सामान्यतया आश्विन महिनाभरि कुम्भ राशिका गृहिणीहरूमा विविध समस्याहरू उत्पन्न हुने समय छ, पतिगृहको मालिक नै सूर्य हो र उक्त ग्रह अष्टम भावमा रहेकाले व्यक्तिगत स्वास्थ्यस्थितिप्रति असाध्यै चनाखो हुनुपर्छ, पतिको स्वास्थ्यमा समेत उतारचढाव आइरहने परिस्थिति बन्नेछ । विद्यार्थीका लागि प्रतिष्ठा र इज्जत बढाउने समय हो, तर अलि बढी मेहनत र लगनशीलताको खाँचो हुनेछ । कर्मचारीले मनले चाहेको ठाउँमा सरुवाका लागि प्रयास गर्दा राम्रो हुन्छ, अथवा व्यक्तित्व विकासका लागि तालिम, सेमिनार वा गोष्ठीमा सहभागी बन्ने अनुकूलता मिल्नेछ । व्यापारीहरूले व्यापार विस्तारको योजनाका साथमा गरेको वैदेशिक भ्रमण लाभदायी बन्ने समय चल्दैछ, तर साझेदारसँग सतर्क भएको राम्रो हुन्छ ।
यो महिनाका लागि शुभ अङ्क १, ६ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । यस्तै, यस महिनामा देखिएका ग्रहहरूको अशुभता निवारणका लागि तपाईंले दैनिक रूपमा भगवान् सूर्यनारायणलाई जलार्पण गर्नु र गोमाताको सेवा गर्नु मुनासिब हुनेछ । तपाईंका लागि यस महिनाको २, ३, ४, ११, १२, १३, २०, २१, २२ र ३० गतेका दिन चन्द्रमाको प्रभाव कमजोर रहने दिन छ ।
मीनः मीन राशि हुनेका लागि असोज १ गते बुधबारका दिन सूर्यले राशि सङ्क्रमण गर्दा तपाईंको द्वितीय भावमा चन्द्रमा, चतुर्थ भावमा राहु, छैटौं स्थानमा मङ्गल, प्रणय भाव अर्थात् सप्तम स्थानमा सूर्य, बुध र शुक्र, नवम भाव भाग्यस्थानमा राशिस्वामी बृहस्पति र दशम भावमा शनिश्चर र केतु ग्रहको उपस्थिति देखिन्छ । मङ्गल ग्रहले प्रणय क्षेत्र मानिने सप्तम भावमा, बुध ग्रहले अष्टम भावमा र शुक्रले पनि अष्टम स्थानमा नै प्रवेश गरी राशिपरिवर्तन गर्नेछन् । सप्तम भावमा सूर्य र भाग्य स्थानमा राशिस्वामी बृहस्पतिको उपस्थिति रहेको यो महिना मिश्रित प्रभावका साथमा प्रारम्भ भएको छ । यस्तै, भाग्येश मङ्गलको सप्तम भावमा प्रवेश हुने भएकाले यस अवधिमा जीवनसाथी वा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय हो । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नु हुँदैन । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्नसक्छन् । घरायसी व्यवहारमा कडापन बढ्न सक्छ, त्यसैले परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । आर्थिक पक्ष बलियो छैन, बाध्यताका खर्चमा धनव्यय हुनेछ । जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुन सक्छ । हातहतियारको प्रयोग गर्दा तथा सवारी हाँक्दा निकै सचेतता अपनाउनु पर्ने समय छ । त्यस्तै सुखभावमा राहु र कर्मक्षेत्रमा शनिश्चर तथा केतुको उपस्थिति भएकाले यो महिना जुनसुकै तह, तप्का र क्षेत्रमा रहेका मीन राशिका जातकहरूले त्यति आशावादी बन्ने समय छैन । तर पनि भाग्यभावमा राशिस्वामीको उपस्थिति भएकाले साथदिने व्यक्तिको कमी हुने छैन, हरेक अप्ठ्यारा र चुनौती पन्छाएर अघि बढ्ने प्रेरणा र हिम्मत प्राप्त हुने देखिन्छ ।
महिनाको प्रारम्भमा पञ्चमेश चन्द्रमाको द्वितीय भावमा उपस्थिति भएकाले मौखिक अभिव्यक्ति र कलाक्षेत्रका विद्यार्थीहरूले प्रतिभा निखार्ने अवसर प्राप्त गर्नेछन् । सप्तमेश बुधको अष्टम भावमा उपस्थिति हुने गृहिणी र साझेदारीमा काम गर्नेले विवाद र कलहको वातावरण ब्यहोर्नु पर्ने हुन्छ, गृहिणीको आफ्नै वा पतिको स्वास्थ्यस्थिति पनि चिन्ताको विषय बन्न सक्छ । तर कर्मचारी र उद्यमी व्यापारीका लागि लग्नेश र कर्मेश मानिने राशिस्वामी बृहस्पतिको भाग्यभावमा उपस्थिति रहेकाले केही हदमा सकारात्मक फल पाउने समय छ, यद्यपि विश्वासपात्र र साझेदारको भर पर्नु राम्रो हुँदैन, नत्र धोका पाइने छ ।
यो महिनाका लागि शुभ अङ्क ६, ९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानको दर्शन गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ । यस्तै, यस महिना ग्रहगोचरगत अशुभता निवारणका लागि तपाईंले दशम भावमा बसेको शनिश्चर ग्रहको उपासनामा जोड दिनु वाञ्छनीय हुनेछ । सामान्यतया यस महिनाको ५, ६, १३, १४, १५, २२, २३ र २४ गते तपाईंका लागि अशुभ रहने छन् ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










