मानव अधिकारकोे पक्षमा दृढ भएर काम गर्न आयोगलाई सुझाब

श्यामलाल पोखरेल
बुटवल, असोजन ५ गते । मानव अधिकार रक्षाको विषयमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवल र पत्रकारहरुवीच छलफल भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण मानव अधिकार हनन् भएकाले अब कसरी मानव अधिकारको रक्षा गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको हो ।

जेनजी आन्दोलनमा घुसपैठ हुंदा ठूलो जनधनको क्षती हुनुका साथै मानव अधिकार र पे्रस स्वतन्त्रता हनन् भएको उक्त छलफलमा ठहर गरिएको छ । जेनजीको आन्दोलले उठाएका मागहरु ठिक भएपनि सरकारले समयमै सम्बोधन गर्न नसक्दा र सुरक्षा दिन नसक्दा देशले ठूलो मानवीय र भौतिक क्षती ब्यहोर्नु परेको राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि र पत्रकारहरुले बताएका छन् ।

मानव अधिकारका कुरुर घटना र पे्रस स्वतन्त्रता हनन्का घटनाहरु घट्न नदिन राज्य जिम्मेवार हुनुपर्ने ठहर गर्दै जेनजीको आन्दोलनमा सुरक्षा निकायका प्रमुखहरु मुकदर्शक हुंदा ठूरो नरसंहार भएको विषयमा छलफलमा सहभागी राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि र पत्रकारहरुवीच समान धारणा रहेको छ ।

लोकतन्त्रमा आन्दोलन, जुुलुस र प्रदर्शन गर्न पाउने अधिकार भएपनि मानव अधिकार हनन् र पे्रस स्वतन्त्र हनन्का घटना घटाउने छुट कसैलाई नभएको छलफलका सहभागीहरुले बताए । जेनजीको आन्दोलनमा मानव अधिकार हनन् हुनुका साथै मिडिया हाउस र पत्रकारहरुलाई निशाना बनाइएकाले सहज रुपमा समाचार लेख्ने वातवरण नभएको बताउंदै आमनागरिकको मानव अधिकारको रक्षा र पे्रस स्वतन्त्रताका लागि निर्धक्क भएर काम गर्न पत्रकारहरुले राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयलाई सुझाब दिएका छन् ।

उक्त छलफल कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश बुटवल कार्यालयका प्रमुख सन्तोष आचार्यले मानव अधिकारको रक्षागर्नु सबैको साझा दायित्व भएको बताउंदै आयोगको कार्यालय मानव अधिकारको पक्षमा जस्तोसुकै अवस्थामा पनि अगाडी बढेर काम गर्ने बताए ।
जेनजी आन्दोलनमा भएको मानव अधिकारका घटनाको छानविनका लागि आयोगका आयुक्तको नेतृत्वमा छानविन समिति बनाएर छानविको काम शुरु भएको र अबको एक महिना भित्र प्रतिवेदन सार्वजनिक गरिने आयोगका बुटवल कार्यालय प्रमुख आचार्यले जानकारी गराए ।

पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेयले आन्दोलनमा मानव अधिकार हनन् भएको र पत्रकारहरुलाई तारेगेट गराईदा डर, त्रासमा पत्रकारहरुले समाचार सम्पे्रसण गर्नुपरेको बताए । जेनजीको नाममा आन्दोलनमा भएको घुसपैठले पे्रसमाथि आक्रमण गरिएको बताउंदै न्यायलय भन्दा माथि उठेर मानव अधिकार र पे्रस स्वतन्त्रताको पक्षमा काम गर्न आयोगलाई सुझाव दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डाक्टर बालकृष्ण चापागाईले समस्या पर्दा सधै मिडिया चाहिने र पत्रकारहरुलाई समस्या पर्दा सुरक्षा दिन नसक्ने राज्यको भरपर्न नहुने अवस्था सिर्जना भएको बताए । उनले मानव अधिकार, शान्ति सुरक्षा र पे्रस स्वतन्त्रता बिनाको मुलुकको कल्पना पनि गर्न नसकिने भएकाले यो विषयमा सबै पक्षलाई सचेत हुन आग्रह गर्दै उनले भने – देशलाई अन्तराष्ट्रिय शक्ति केन्द्र चलखेल गर्न सक्ने खालको अखडा बनाउने षडेयन्त्र भैरहेको छ ।

प्रगतिशील पत्रकार संघ, नेपालका अध्यक्ष श्यामलाल पोखरेलले जेनजीको आन्दोनलाई सरकारले व्यवास्ता गरेका कारण देशमा विषम परिस्थिती उत्पन्न भएको बताउंदै यसको नैतिक जिम्मेवार ओली सरकार रहेको बताए । आन्दोलनका क्रममा सरकारी कार्यालय, व्यक्तिका घर, प्रतिष्ठान र दलका कार्यालयहरु तोडफोड गरी आगजनी गर्नेहरुको पहिचान गरेर तत्काल कारवाहीको प्रकृया अगाडी बढाउन राज्यलाई आग्रह गरे । मानव अधिकारको रक्षा र पे्रस स्वतन्त्रताको ग्यारन्टी गर्ने दायित्व राज्यको भएको उनले बताए ।

उक्त कार्यक्रममा पत्रकार विनोद परियार, टोपराज शर्मा, अश्मिना पाण्डे, नरशे केसी, मायां केसी, डिबी सुस्लिङ, अश्मिता अधिकारीलगायतका पत्रकारहरुले मानव अधिकारको रक्षा र पे्रस स्वतन्त्रता पक्षमा निर्भिक रुपमा काम गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई सुझाव दिएका थिए ।