एमाले नेता टोपबहादुर रायमाझी फर्के कारागार

बुटवल, असोज ७ गते । एमालेका सचिव टोपबहादुर रायमाझी कारागार फर्केका छन् जेनजी आन्दोलनको बेला कारगारबाट भागेका टोपबहादुर रायमाझी कारागारमा फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रायमाझी जेलबाट निस्किएका थिए । कारागारबाट निस्किएका रायमाझीले कारागार प्रशासनलाई फोन गरेर आफु जुन सुकै समय र कारागारमा फर्किन तयार रहेको बताएका थिए । एमाले नेता रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेका हुन् । यसै कारागारमा रहेका ३३ किलो सुन काण्डमा मुख्य नाइके चुडामणि उप्रेती गोरे पनि फरार भएका थिए । उनी यसअघि नै कारागारमा फर्केका थिए ।

रायमाझी सँगै भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे भने अहिलेसम्म नफर्किएको कारागार प्रसासनले बताएको छ ।