शिक्षा मन्त्री पुनको आवसिय व्यवस्था मन्त्रालयमै

काठमडौँ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुनको लागि केशरमहलस्थित शिक्षा मन्त्रालयमा खाना र बस्नका लागि व्यवस्था गरिएको छ ।

भदौ २४ गते भएको जेन–जी आन्दोलनमा सिंहदरबारस्थित मन्त्रालयमा आगजनी गरिएपछि मन्त्रालय केशरमहलमा सरेको थियो ।

असोज ६ गते मन्त्रीको शपथ खाएका मन्त्री पुनले मन्त्रालयमै खाने र बस्ने बताएका थिए । जसअनुसार आज उनका लागि खाना बनाउन भान्सासहित सुत्ने व्यवस्था मिलाएको हो ।