होला त माओवादी केन्द्रका नेताहरुको सम्पत्ति छानविन ?


काठमाण्डौ, असोज १० गते । नेकपा माओवादीले आफ्ना नेताहरुको सम्पति छानविन गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सम्पत्ति छानबिन आयोग गठन गर्ने बताए । ‘सम्पत्ति छानबिन आयोग गठन गरेर सबै नेताको सम्पत्ति सार्वजनिक गरिने प्रचण्डले बताएका छन् ।
माओवादी केन्द्रको बैठकमा पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्नका लागि आयोग गठनको प्रस्ताव प्रस्तुत गरिएको एक नेताले बताए ।
पार्टीको सातौंपूर्ण बैठकमा प्रस्तुत प्रस्तावहरूमाथि सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरुको समूहले नेताहरुको सम्पति छानविन गर्नुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेताहरुले जानकारी गराए ।
























