केपी ओली र रमेश लेखकविरुद्धको जाहेरी जाँचबुझ आयोगमा

बुटवल, असोज २१ गते । जेनजी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमनत्री रमेश लेकले ज्यान जाने गरी बल प्रयोग गरेकाले १९ जानको ज्यान गएको जेनजी आन्दोलकारीहरुको आरोप छ ।

१९ जनाको ज्यान जानेगरीको बल प्रयोगको घटना ‘सामूहिक हत्या’ भएको भन्दै जेन–जी आन्दोलनकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउको माग गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ताको प्रयास गरेका छन् । प्रहरीले जाहेरी दर्ता नगरेपछि हिजो सोमबार राती परिसरको स्थिति तनावपूर्ण बनेको थियो ।

मंगलबार दिनभर पनि उनीहरुले जाहेरी दर्ता गर्न प्रयास गरे । अन्ततः प्रहरीले जाहेरी लिएर त्यसलाई गौरबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ । सोमबार नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारले दिने जाहेरी र त्यसपछि उत्पन्न हुनसक्ने अवस्थाबारे सुरक्षा अधिकारीहरु र सरकारका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

घटनाको दोषी कारबाहीको दायरामा आउनुपर्नेमा सरकारी अधिकारीहरु एकमत भएपनि तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने मनस्थितमा सरकारी अधिकारीहरु नै छैनन् ।