काठमाण्डौमा डा. निकोलस भुसालसहित दर्जन बढी पक्राउ

बुटवल, असोज २३ गते । काठमाण्डौको माइतीघरमा प्रदर्शन गर्न खोज्दा डा. निकोलस भुसालहितका प्रदर्शनकारी पक्राउ परेका छन् । दर्जन बढी पक्राउ परेको प्रहरीले बताएको छ ।

प्रहरकिा अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीले माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा कडा पारेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न थालेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी गराए ।

जेन–जीका विभिन्न समूहहरू माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । जेनजीिका विभिन्न समूहले प्र्रदर्शनमा उत्रने थालेपछि सुरक्षालाई कडाई गरिएको छ ।