कांग्रेसकामा कार्यबाहक सभापति तोक्न देउवालाई शशांकको आग्रह

बुटवल, असोज २५ गते  । जेनजी आन्दोलनपछि कमजोर बन्दै गएको कांगे्रसलाई सक्रिय बनाउने भन्दै कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति देउवालाई कार्यबाहक सभापति तोक्न आग्रह गरेका छन् ।

केन्द्रिय कार्यसमिति विघटन गर्नसमेत सुझाव दिएका छन् ।
शनिवार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै शशांकले सभापति देउवालाई कार्यबाहक सभापतिको जिम्मेवारी तोक्न सुझाव दिएका हुन् ।

नेता कोइरालाले आगामी मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी अरुलाई दिएर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्ने तर्क गरे । उनले मंसिरमा महाभिवेशन भएरै छाड्ने दावी गरेका छन् ।