मिलन कला केन्द्रको एकल नृत्य प्रतियोगिता फाइर्नलमा प्रवेश

बुटवल, असोज ३० गते । मिलन कला केन्द्र बुटवलले सञ्चालन गरेको एकल नृत्य प्रतियोगिता २०८२ को सेमिफाईनल राउण्ड सकिएको छ । प्रदेश स्तरीय एकल नृत्य प्रतियोगितामा सहभागी भएका २० जना फाईनल प्रतिष्प्रर्धाको छनौटमा परेका छन् ।

गत जेठदेखि शुरु भएको एकल नृत्य प्रतियोगिताको सेमिफाइनल बुटवलमा सम्पन्न भएको हो । आगमी कार्तिक १ गते बुटवलको देविनगरस्थित थ्रिपयन्ट रिर्सोटमा फाइनल प्रतियोगिता हुने कार्यक्रम संयोजक दाबा शेर्पा दर्पणले जानकारी गराए । इश्ना झेडी, आरोसी तामाडं, स्तुति अर्याल, प्राप्ती अर्याल, आदित्या भण्डारी, श्रीसा रोका, जेशमा थापा, बिपिसा थापा, सन्जय पौडेल, प्रज्ञा घर्ती मगर, कृतिमा ज्ञवाली, युविका राना, रिदिम टण्डन, रुजु पौडेल, प्रिती पल्ली, मेरिसा थापा, सानमी क्षेत्री, दुरविज्ञ डि पोखरेल लगायत २० जना फाइनल प्रतियोगितामा छनौट भएका छन् ।
मिलन कला केन्द्रले “नो भोट, नो एसएमस” लागु गरेर नयाँ प्रतिभाको खोजिका लागि अडिसन शुरु गरेको थियो ।“नो भोट, नो एसएमस” लागू गरेर मिलन कला केन्द्रले प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।

सेमिफाइनल राउन्डको निर्णायकमा रहेका डान्सर हिमाल सुनार र मोडल बविता धितालले २० जना प्रतियोगिकालाई छनोट गरेको मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले जानकारी गराईन । कला केन्द्रकी अध्यक्ष मिनाका अनुसार जेठ महिनाबाट शुरु भएको प्रतियोगिताको फ्रि अडिसन राउन्डमा २ हजार ५ सय जना प्रतियोगि सहभागि थिए ।

नो भोटिङ नो एसएमएस नारासहित प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय ११ सहित प्रमाणपत्र र मायाको चिनो पाउनेछन् । त्यस्तै दोस्रो हुनेले २१ हजार १ सय ११ र तेस्रो हुनेले १५ हजार १ सय ११ र सान्तवना हुनेले ५ हजार १ सय ११ रुपैयांसहित मायांको चिनो प्राप्त गर्नेछन् ।
त्यस्तै धेरै भ्यु,लाइक र शेयरका आधारमा छनौट हुने टीकटक प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले ५ हजार दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार र सान्त्वना हुनेलाई १ हजार र मायाको चिनोसहित पुरस्कृति गरिने छ ।

प्रतियोगिताको मुख्य प्रायोजक रहेको उक्त एकल नृत्य प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, दांग र पश्चिम नवलपरासीका प्रतियोगिहरुको सहभागिता रहेको थियो । भोट र एसएमएसका कारण कैयौं लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन नसकिएकाले नो भोट नो एसएमसको प्रक्रियाबाट कला, क्षमता, सीप भएका तर लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउने मुख्य उद्देश्यले मिलन कला केन्द्रले प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

नो भोट नो एसएमसको प्रक्रियाबाट हुने एकल नृत्य प्रतियोगिताले समाज लुकेर बसेका थुप्रै विद्यार्थीलाई बाहिर ल्याउन सफल बनेको प्याव्सनका केन्द्रिय उपाध्यक्ष टिकाराम न्यौपानले मिसन टुडेलाई प्रतिक्रिया दिए ।

यो सेमिफाईल राउण्डपछि अर्को नो भोट नो एसएमसको प्रक्रियाबाट २०८३ मा एकल नृत्य प्रतियोगिता सञ्चालन गरिने मिलन कला केन्द्रले बताएको छ ।