विद्याको सदस्यता नवीकरण नगर्ने ओलीको अडान कायमै

काठमाडौं । नेकपान एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने विषयमा पनि पुरानै अडान कायम राखेका छन् । भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने पक्षमा ५५ जनाभन्दा बढी नेताले बोलेका थिए ।

तर, ती सबै नेताहरुलाई अन्तिममा जवाफ फर्काउने क्रममा ओलीले भनेका छन् । ‘कोही पनि माइती बन्नु पर्दैन । मैले उहाँलाई अप्ठ्यारो बेलामा साथ दिएको । उहाँलाई म राम्रोसँग चिन्छु ।

ओलीले भण्डारीलाई अप्ठ्यारो बेलामा सहयोग गरेको बताउँदै उनको सदस्यता नवीकरण नहुने संकेत दिए । नेताहरुले ओलीलाई एघारौँ महाधिवेशनमा उठ्दिनँ भन्ने बनाउन सकेनन् । एमाले अध्यक्ष ओलीलाई आगामी एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा नउठ्ने निर्णय गराउन पनि एमाले नेताहरुले सकेका छैनन् ।

बैठकमा एमाले सचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतका नेताहरुले यो प्रस्ताव गरेका थिए । तर, ओलीले आफ्नो नैतिक अधिकार रहेको भन्दै यस विषयमा कुनै पनि निर्णय गरेका छैनन् ।

बैठकमा पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पनि पार्टीमा फर्काउनुपर्ने आवाज उठेको थियो । तर, यस विषयमा पनि ओलीले बोलेका छैनन् । बरु नेकपा एकीकृत समाजवादीमा रहेका केही नेताहरुलाई भने एमाले फर्काउने योजनामा उनी रहेको बताइएको छ ।

‘हामीले उहाँलाई पुनः एघारौं महाधिवेशनपछाडि नेतृत्वमा आउँदिन भन्ने औपचारिक अडान राख्न आग्रह गरेका थियौँ । तर, उहाँ तयार हुनुभएन । एमाले उपाध्यक्ष पाण्डेले भने, म महाधिवेशनमा युवा तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई के आग्रह गर्न चाहन्छु भने अब पार्टी यो हालतमा चल्दैन । यहाँले वैचारिक र प्रगतिशील निर्णय गरेर देखाउनुपर्छ ।

ओलीलाई छेक्ने तयारीमा नेताहरु
पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्धय गोकर्ण विष्ट, योगेश भट्टराई, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरु ओलीलाई एघारौँ महाधिवेशनमा छेक्ने तयारीमा छन् ।

यस्तै पार्टीका केही वैचारिक र युवा नेताहरु पनि एघारौँ महाधिवेशनपछाडि ओलीलाई पुनः नेतृत्वमा नदोहो¥याउने योजनामा छन् । सचिव भट्टराई लगायतका नेताहरुले त ओलीलाई एघारौं महाधिवेशनमा नदोहोरिनका लागि वाचा गर्नुपर्ने प्रस्ताव नै अगाडि सारेका थिए । तर, ती सबै प्रस्तावलाई ओलीले सामान्यकरण गरेका छन् ।

‘हामीले पहिलेदेखि नै पटकपटक भनेको हो, उहाँले एघारौं महाधिवेशनअगाडि नै पद छोडेर अभिभावकत्व ग्रहण गर्नुपर्छ भनेर । तर, उहाँ त्यो बाटोमा जानु भएन’ एमालेका एक सचिवालय सदस्यले भने, ‘हामी एघारौँ महाधिवेशन पछाडि उहाँलाई कुनै पनि हालतमा नेतृत्वमा उभ्याउने तयारीमा छैनौँ ।