राजमोको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक


कार्तिक २ गते । राष्ट्रिय जनमोर्चाले आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालयले लेखापरीक्षण प्रतिवेदन प्रतिवेदन सार्वजनिक गरेको हो ।

अध्यक्ष चित्रबहादुर केसी, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री र लेखापरीक्षक मुक्तबहादुर केसीको हस्ताक्षरमा तयार पारिएको लेखापरीक्षणमा गत वर्ष राजमोले २४ लाख २८ हजार एक सय ८३ रुपियाँ कुल आम्दानी गरेको उल्लेख छ ।
केन्द्रीय कार्यालय सञ्चालन, प्रशिक्षण, निर्वाचन, प्रकाशनलगायत बापत १८ लाख तीन हजार आठ सय ८० रुपियाँ खर्च रहेको देखिन्छ भने छ लाख २४ हजार दुई सय ८३ रुपियाँ नगद मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा हालसम्म राजमोको कर्जा जिम्मेवारी २२ लाख ७९ हजार सात सय ४७ रुपियाँ रहेको उल्लेख छ । राजमोले प्रत्येक वर्ष निर्वाचन आयोगले तोकेको समयभित्रै लेखापरीक्षण प्रतिवेदन बुझाउने गरेको बताएको छ ।
हरेक वर्षे समयमै लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्ने गरिएको राजमोका महासचिव मनोज भट्टले बताए ।






















