बुटवलमा पांचतारे होटल हायात सञ्चालन


बुटवल, कार्तिक २३ गते । बुटवलमा अन्तर्राष्ट्यि स्तरको पांचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ । ३ सय ५० करोडको लगानीमा यो होटल सञ्चालन गरिएको हो ।

२५ कठ्ठा क्षेत्रफलको जग्गमा बनेको यो होटल निर्माणका लागि ग्लोबल आईएमी बैंक र होटल स्याफोन सिकेको संयुक्त लगानी रहेको हायात प्यालेस सञ्चालक समितिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले जानकारी गराए ।
आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष पौडेलले औद्योगिक नगरी बुटवलमा आन्तरिक र विदेशी पर्यटकलाई अन्तर्राष्ट्यि स्तरको सेवा दिने गरी हायात प्यालेस सञ्चालन गरिएको बताए ।

अध्यक्ष पौडेलका अनुसार होटल पूर्णरुपमा सञ्चालनमा आउंदा ३ सय ५० जनालाई रोजगारी दिन सकिने जानकारी गराउंदै होटल नोभेक्बर २५ तारिखबाट हायात रिजेन्सको सम्पूर्ण ब्यवस्थापनमा सञ्चालन हुने छ । एक रातमा २ सय ५० जना पाहुनालाई राख्न सकिने होटलमा क्यासिनो केही समयपछि सञ्चालन गरिने छ।
बुटवलको रामनगरस्थित पूर्व पश्चिम राजमार्गको कुसुम पथमा सञ्चालित होटलका कोठाहरु ६ श्रेणीमा विभाजन गरिएको छ । जसमा स्टान्डर्ड, फरेष्ट भ्यू, हिल भ्यू, बाल्कोनी, एक्जिक्युटिभ सुइट्स र पे्रसिडेन्सियल सुइट्समा विभाजन गरिएको पत्रकार सम्मेलनमा वितरति विज्ञप्तमिा उल्लेख गरिएको छ ।
हायात प्लेस ब्राण्ड सन् २००६ मा शुरु भएको र आजसम्म संसारभर ४ सय २० भन्दा बढी स्थानमा विस्तार भएकोसमेत अध्यक्ष पौडेलले जानकारी गराए । मुलुकको आर्थिक सम्वृद्दिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले पर्यटनमैत्री नीति तथा कार्यक्रम ल्याउन हायत प्यालेसका अध्यक्ष चुननुप्रसाद पौडेलले सरकारलाई आग्रह गरेका छन् ।
उनले भैरहवाको अन्तर्राष्ट्यि विमानस्थलबाट अन्तर्राष्ट्यि नियमित उडानहरु गराउन र बुटवलमा बनेको अन्तर्राष्ट्यि सम्मेलन केन्द्र पनि नियमित सञ्चालनको वातावरण सरकारले बनाउनु पर्ने बताए ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वकै विशाल पाकडी वृक्ष, जगदिशपुर ताल, जीतगढी किल्ला, रामापिथेकस, तिलेत्तमा नदीको सभ्यता जस्ता महत्वपूर्ण ठाउंहरु बुटवलको आसपासमै भएकाले विदेशी पर्यटकलाई बुटवलमा आर्कषण गर्न सकिने अध्यक्ष पौडलको भनाइ छ ।
होटल सञ्चालन गरेर खर्च कटाएर हुन आउने बचत रकमको केही प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तरगत सबैको रायसुझावको आधारमा लगानी गरिने अध्यक्ष पौडेलले बताए ।
रुपन्देहीमा यति ठूलो लगानीमा सञ्चालनमा आएको अन्तर्राष्ट्यि स्तरको पांचतारे होटल हायात प्यालेस पहिलो हो ।
छिमेकी देश भारतको उत्तर प्रदेशमा रहेको २४ करोड जनसंख्यामध्ये केही प्रतिशतलाई हरेक वर्ष बुटवलमा भित्राउन सकियो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिने होटल सञ्चालकहरुको अपेक्षा छ ।






















