बुटवलमा रोयल इन्फिल्डको नयाँ भेरियन्टको बाईक बिक्री शुभारम्भ

बुटवल, कार्तिक २९ गते । गैरे प्रतिष्ठान प्रालि बुटवलले रोयल इन्फिल्ड मोटरसाइकलको बुटवलमा लन्चिङ्ग गरेको छ । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालिले बुटवलमा ३५० सिसिको नयाँ मेटिएर बाईकको लन्च गरेको छ हो ।

यो रोयल इन्फिल्ड मोटरसाइकल नेपालका सबै आधिकारिक बिक्रेताहरुले एकै साथ शुक्रबार विक्री शुभारम्भ गरेका छन् । गैरे प्रतिष्ठानका संरक्षक बालकृष्ण गैरे, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष हिमाल गैरे र प्रतिष्ठानका अध्यक्ष प्रेम गैरेले संयुक्तरुपमा बिक्री शुभारम्भ गरेका हुन् ।

बिभिन्न ५ वटा कलरमा उपलब्ध मेटिएर मोटरसाईकल नयाँ लुक्स र स्टाइलिसमा आएको गैरे प्रतिष्ठानले जानकारी गराएको छ । यसमा यात्रा गर्दा आरामदायी हुने उक्त बाइकलाई क्रुजिङ्ग बाईक पनि भनिन्छ ।

गैरे प्रतिष्ठानका मेनेजिङ डाईरेक्टर प्रवेशराज गैरेका अनुसार ईजी क्रुज यो बाईक फयरवल, स्टेलर, आरोरा र सुपरनोभा नामक चार भेरियन्टमा रहेको र ५ लाख ७७ हजारबाट शुरु भई ५ लाख ९७ हाजरसम्म मुल्य रहेको छ । यो बाईकमा एल एडी हेड ल्याम्प लगायतका धेरै सुविधाहरु उपलब्ध रहेको र दशकौं देखि रोयल ईन्फिल्डको शुद्ध र आविकल सवारी साधन हो ।

मेटिएर ३५० सीसी बाईक नयाँ पुस्ताका लागि निकै नै लोकप्रिय रहेको र यो बाईकलाई मोटरसाईकल बिशेषज्ञहरुले “थार ब्रैड ईजी क्रुजरको” को रुपमा मान्यता दिएको प्रतिष्ठानका अध्यक्ष प्रेम गैरेले जानकारी गराए ।

शुरुवाती बर्षमै प्रतिष्ठित ईण्डियन मोटरसाईकल अफ द ईयर २०२१ मा पुरस्कृत भएको र विश्वका धेरै देशबाट पुरस्कार प्राप्त गरेको रोयल ईन्फिल्ड बाईकमा अबदेखि ७ बर्षसम्मको वारेण्टीको सुविधा रहेकले यसको बजारमा माग बढ्दो रहेको प्रतिष्ठानका अध्यक्ष गैरेले बताए ।

प्रतिष्ठानका अध्यक्ष गैरेले दिएको जानकारी अनुसार सन १९०१ देखि ब्रिटेनबाट निरन्तर उत्पादन शुरु भएको रोयल ईन्फिल्ड ईण्डियाको मन्द्रास र हालको चेन्नईमा १९५५ मा पहिलो उत्पादन भएको थियो भने पछिल्लो समय बिभिन्न देशका ७ आधुनिक सिकेडी प्रान्टबाट एसेम्बेलिङ्ग हुंदै आएको छ ।

गैरे प्रतिष्ठानले नवलपुर जिल्लाको कावासोतीमा रहेको रोयल ईन्फिल्डको शाखाबाट पनि नयाँ ३५० सीसीको मेटिएर बाईकको विक्री शुभारम्भ गरिएको प्रतिष्ठानका कार्यकारी प्रमुख लक्ष्मी गैरेले जानकारी गराइन ।

बुटलमा नयाँ भेरिएन्टको छ वटा बाईक आएकोमा लन्चकै दिन शुक्रबार ६ वटै बाईक बिक्री भएका छन् । जसमध्ये विनोद गुरुङ्ग, चित्रप्रसाद श्रेष्ठ, मनिष पराजुली, ओमबहादुर खाती, दीपा वस्नेत शर्माले शुरुको दिनमै मोटरसाईकल किनेको गौरव पाण्डेले जानकारी गराए ।

बाईक लन्चिङ्ग गर्दाको पहलिो दिन नै ११ वटा बाईक बुकिङ्ग भएको गैरे प्रतिष्ठानका मेनेजिङ डाईरेक्टर प्रवेशराज गैरे मिसन टुडेलाई जानकारी गराएका छन् । एउटै घरपरिवारको नामबाट स्थापना गरिएको गैरे प्रतिष्ठानले बुटवलमा लामो समयदेखि व्यवसायसंगै सामाजिक क्षेत्रमा क्रियाशील छ ।