एनआईसी एशीया बैंकको ज्यादती, बैंक पीडितले लिलाम गरेको घरको चापी तोडे


बुटवल, मंसिर १ गते । बैंक तथा वित्तिय संस्था पीडितहरुले एनआईसी एशीया बैंकले लिलाम गरेर ताला लगाएको घर तथा पसलको तालाफोडेर ऋणीलाई घरभित्र प्रवेश गराएका छन् । बुटवल ११ कालिकानगर मुख्य सडकसंग जोडिएको बसनत बस्यालको बस्याल हार्डवयरमा एनआईसी एशीया बैंकले उक्त घर जग्गा लिलाम गरी आफ्नो नाममा पास गरेको थियो ।

बसन्त बस्यालको नाममा रहेको ३ कठ ३ धुर जग्गामा बनेका २ वटा पक्की घर, २ वटा गोदाम सहितको संरचना सञ्चालित बस्याल हार्डवयर बैंकले लिलाम गरेर २०७७ साल मंसिर २५ गते आफ्नो नाममा गराएको थियो । घर जग्गाका बसन्त बस्यालको नाममा भएपनि बस्याल हार्डवयर भिमलाल बस्यालको नाममा सञ्चालन थियो । बसन्त बस्यालको नामको घर जग्गा र भिमलाल बस्यालको नाममा रहेको बस्याल हार्डवयेरको आम्दानी देखेर बैंकले ऋण लगानी गरेको थियो । भिमप्रसाद बस्याल र बसन्त बस्याल सहोदर बाउछोरा हुन् । भिमप्रसाद बाउ हुन्, भने बसन्त बस्याल छोरा हुन् ।
२०७३ सालमा १६ करोड लोन ७ प्रतिशत व्याजका दरले लिएको र १८ प्रतिशतसम्म व्याज तिरेर पनि घटाएर ९ करोड बनाएको अवस्थामा बैंकले सावा, व्याज र हर्जना जोडेर १२ करोड ७२ लाखमा जानकारी नगराइकन बैंकले लिलाम गरी आफ्नो नाममा गराएको भिमप्रसाद बस्यालले जानकारी गराए ।

करिब ९ करोडको २२ प्रतिशतसम्म व्याज र हर्जना जोडेर बैंकले तिर्छु भन्दा भन्दै सडमा पुराएको बसन्त बस्यालले दुखेसो पोखे । घर जग्गा बेचेर ऋण तिर्छौ भन्दा पनि बैंकले जानकारी नगराई आफ्नो नाममा गराएर अन्याय गरेको बसन्त बस्यालले गुनासो गरे ।
भिमप्रसाद बस्यालका अनुसार २०७७ साल मंसिर २५ गते कसैलाई जानकारी नगराई एनआईसी एशीया बैंकले आफ्नो नाममा गराएको र गत भदौ १ गते घर र पसलमा तालाबन्दी गर्दिएको हो ।
जग्गा बचेर ऋण तिर्नका लागि घर जग्गा किन्ने ग्राहक खोजेर बेच्न ठिक्क पारेको अवस्थामा बैंकका कर्मचारीले बिगारर्दिएको पीडित बस्याल परिवारले गुनासो गरेका छन् । बैंकले घर र पसलमा चापी लगाएपछि चल्दै आएको व्यवसाय लामो समयदेखि ठप्प रहेको थियो । आइतबार बैंक तथा वित्तिय समन्वय समिति रुपन्देही र नागरिक बचाउ अभियान रुपन्देहीको अगुवाईमा बैंकले लगाएको चापी तोडेर बस्याल परिवारलाई चापी बुझाएका छन् । लामो समयदेखि बन्द रहेको बस्याल हार्डवयर आइतबारदेखि खोलिएको छ ।
बैंक तथा वित्तिय समन्वय समिति रुपन्देही र नागरिक बचाउ अभियान रुपन्देहीमा आवद्द रहेका अभियान्ताहरुले बैंकले गल्ती महसुस गरेर लिालम गरेको घर जग्गा फिर्ता नगरे बैंकमा तालाबन्दी गरेर बन्द गराईदिने चेतावनी दिंदै नारावाजी गरेका थिए । एनआईसी एशीया बैंकले देशभर नै ज्याजदी गरेको बताउंदै सानादेखि ठूला व्यवसायी र निम्न तहका नागरिकका घरजग्गा लिालम गर्ने कुनै पनि बैंकलाई अब नेपालमा चल्न नदिने बैंक तथा वित्तिय समन्वय समिति रुपन्देहीका महेन्द्र शाहीले बताएका छन् ।
बैंक तथा वित्तिय संस्थाहरुबाट ठगिएका पीडितहरुका जायज मागहरु आज अगाडिका सरकारले नसुनेको र यो सरकारले पनि नसुनेकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको नागरिक बचाउ अभियानका रुपन्देही अध्यक्ष योगराज भण्डारीले बताए ।
हामीले लिएको ऋण तिर्न तयार छौ भन्दा भन्दैपनि बैंक तथा वित्तिय संस्थाहरुले करोड पर्ने घर जग्गाहरु २, ४ लाख ऋणको व्याज र हर्जना जाडेर मनोमानी ढंगले नागरिकका सम्पती लिलाम गरेका त्यसको बिरोध गरिएको र आवश्यक अनुसार प्रतिकारमा उत्रने अभियानकी नेतृ कमला चन ठकुरीले बताइन ।
बैंक तथा वित्तिय समन्वय समिति रुपन्देही र दुर्गा प्रसाई निकट नागरिक बचाउ अभियानले बैंक तथा वित्तिय संस्थाहरुले ज्यादती गरेको भन्दै देशभर अभियान चलाएका छन् । नागरिकका घर जग्गाका लिलाम गर्न नपाइने, मिटर ब्याजीलाई कारवाही गर्नुपर्ने, २० लाखसम्मको ऋण मिनहा गर्नुपर्ने, कोरानाकालको सबै प्रकारका ऋणको व्याज मिनहा गर्नुपर्ने, ऋण तिर्नका लागि भाका किस्ताको समय दिनुपर्ने र सुकुम्वासी समस्या समाधान गर्नुपर्ने माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका छन् ।
एनआईसी एशीया बैंक केन्द्रिय कार्यालयका सूचना अधिकारी अर्जुन खनियाले यो विषयमा मिसन टुडेलाइ प्रतिक्रिया दिदै भने लामो समयदेखि रहेको बैंकको लोन सल्टाउन लिलाम प्रक्रिया पुरा गरेर लिलाममा बिक्री नभएपछि राष्ट् बैंकको नियम अनुसार बैंकले आफ्नो नाममा गराएको स्वीकार गरे ।
बसन्त बस्यालको नाममा रहेको उक्त घर जग्गा बैंकले आफ्नो नाममा गराईसकेको र अहिले बिक्रीका लागि लिलामको अवस्थामा रहेको सूचना अधिकारी खनियाले बताए ।






















