रुपन्देही व्यापार संघको अध्यक्षमा प्रकाश ढकाल


बुटवल, मंसिर ४ गते । रूपन्देही ब्यापार संघ,बुटवलको अध्यक्षमा प्रकाश ढकाल सर्वसम्वत रुपमा निर्वाचित भएका छन् । गत कार्तिक २८ संघको २४ औ वार्षिक साधारण सभा तथा १३ औ अधिवेशन सम्पन्न भएको थियो । उक्त साधारण सभा तथा अधिवेशनबाट सहमति पनि जुट्न सकेको थिएन ।
केही दिन लगाएर छलफल गरेपछि व्यवसायीवीच प्रकाश ढकाल अध्यक्ष रहेको नेचृत्व सर्वसम्वत गर्ने सहमति जुटेको हो । सहमति जुटेपछि बुधबार अध्यक्ष लगायत सबै पदहरु सर्वसम्वत भएका हुन् । सर्वसम्वत रुपमा निर्वाचित भएका प्रकाश ढकाल यस अघि वरिष्ठ उपाध्यक्ष थिए । उले लामो समयदेखि रुपन्देही व्यापार संघका काम गर्दै आएका अनुभवी मानिन्नछन् ।

संघको बरिष्ठ उपाध्यक्ष पदमा दयानिधि भन्डारी, प्रथम उपाध्यक्ष ऋषीराम पाण्डे, दिृतिय, उपाध्यक्ष पदमा मनहरी बस्याल, महासचिवमा प्रकाश पौडेल, कोषाध्यक्षमा अर्जुन भट्टराई,सचिबमा जयलाल न्यौपाने, महिला सचिबमा बृन्दा आचार्य, सहसचिब पदमा नलराज नेपाल निर्वाचित भएका छन् ।
यस अघि सदस्य लगायतका पदाधिकारी पदहरु सर्वसम्वत भएका थिए ।
संघमा पदाधिकारीसहित ३२ जना सर्वसम्वत रुपमा निर्वाचत भएका हुन् ।त्यस्तै सर्वसम्वत हुने पदाधिकारि सह कोषाध्यक्ष जीवनारायण अधिकारी र सदस्हरुमा तेजेन्द्र सापकोटा, घनश्याम भुसाल, टेकराज पन्थी, गोविन्दप्रसाद चापागाईं, टेकराज पन्थी, विजय ज्ञवाली, जीवन काफ्ले, लक्ष्मी भट्टराई, सरोजकुमार गहतराज, अशोक ज्ञवाली, नारायण वस्याल, पारसमणी पोखरेल, मिनप्रसाद नेपाल, मुरारिराज भण्डारी, केदारनाथ नेपाल, सरोज ज्ञवाली,शोभाकुमारी जोशी, इश्वरा देवकोटा, हरिबहादुर सुनार, तिलक आचार्य, कुलबहादुर विसी, देवी चपाइ लगायतका सदस्यहरु सर्वसम्वत रुपमा निर्वाचित भएको संघका कार्यालय प्रमुख सरोज पोखरेलले जानकारी गराए ।























