सन्धिखर्क खानेपानीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी


बुटवल, मंसिर ४ गते । अर्घाखांचीको सिन्धखर्क साना शहरी खानेपानीको निर्वाचनबाट स्वतन्त्र उम्मेदवार बाबुराम भुसाल विजयी भएका छन् । उनका प्रतिष्पर्दी युवराज खत्रीलाई पराजीजत गदै भुसाल अध्यक्ष भएका हुन् ।

अध्यक्षमा निर्वाचित बाबुराम भुालले ५६३ मत प्राप्त गरेर विजय भएका छन् । उनका प्रतिष्पर्दी युवराज खत्रीले४४३ मत लिएर पराजित भएका छन् । त्यस्तै बरिस्ठ उपाध्यक्ष पदका उम्मेदवार बेदराज घिमिरे–५१८ विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्ष भेषबहादुर केसी–४७१ म्त लिएर विजयी भएका छन् । सचिवमा जीवलाल पौडेल गोपालले ४७४ मत प्राप्त गरी विजयी भएका छन्, उनका प्रतिष्पर्दी कृष्णबहादुर शाहीले ४४१ म्त लिएर पारजीत भएको निर्वाचन समितिले जानकारी गराएको छ । त्यस्तै कोषाध्यक्षमा सरिता महत –४७७ विजयी भएकी छन्, सहसचिवमा कल्पना पोखरेलले ४६१ मत ल्याएर विजयी भएकी छन् ।

सदस्यहरुमा सदस्य नविन सुनार ५१२ विजयी, कमला अर्याल ४९४ विजयी, मतिलाल खनाल ५१६ विजयी, लेखा समिति, सुनिता बेल्वासे ४१२ विजयी, ज्ञानबहादुर विक ४६० विजयी र कमल ढकाल ५२९ विजयी मत प्राप्त गरी विजयी भएका छन् । यो चुनाव संसदीय चुनावको झल्को दने गरी भएको छ ।्























