बाबुराम, जनार्दन र सन्तोषवीच एकताको तयारी


बुटवल, मंसिर ५ गते । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले एकताको चयारी गरेका छन् । उनीहरुले यही मंसिर ७ गते काठमाण्डौमा पार्टी एकता गर्ने तयारी भएको नयां शक्तिका एक नेताले जानकारी गराए ।

काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिने तीन घटकबाहेक अन्य समूहलाई पनि ल्याउने गरी छलफल भइरहेको बताइएको छ । नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहवीच कात्तिक गत २८ गते एकता सहमती पत्रमा हस्ताक्षर गरेका थिए ।
नयांशक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेपनि निष्कर्ष केही नआएको जानकारी गराईएको छ । बाबुराम र जनार्दन शर्माले पार्टी एकताबारे बढी चासो देखाएको एक नेताले बताए । यो एकता दीगो हुन नसक्ने केही राजनीतिकज्ञले बताएका छन् ।























