यो सरकारको आस गर्न हुदैन – चित्रबहादुर

बुटवल, मंसिर ६ गते । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले यो सरकार एनजिओ आइएनजीओको भएको बताएका छन् । यो सरकारले देशलाई कुनैपनि हालतमा निकास दिन नसक्ने दावी गरे ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको जेनजी आन्दोलन र त्यो आन्दोलन दिएको शिक्षा विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

उनले जेनजी पुस्ताले उठाएका मागहरु ठिक भएपनि स्वदेशी निरंकुश तथा प्रतिक्रियावादी शक्ति र विदेशी साम्राज्यवादी शक्तिले जेनजी आन्दोलनलाई भड्काएको बताउंदै गतल शक्तिहरुको आडमा बनेको सरकारको केही आस गर्न नसकिने बताए ।

अमेरिकी साम्रराज्यबादलाई परास्त नर्गदासम्म संसाकारको मानव जातिले मुक्ति नपाउने बताउंदै एमसीसी परियोजना मार्फत लगानी गरेर अमेरिकाले नेपालमाथि खुलेयाम हस्तक्षेप गरेको अध्यक्ष केसीको दावी छ । सरकारमा रहेका आफुलाई ठूलो दल बताउनेहरुले राजनीतिको नाममा राजनीनितलाई उद्योग बनाएर कमाउ धन्दा चलाएकाले देशले अहिले यस्तो अवस्था भोग्नु परेको बताए ।

बंगलादेशको बाडी नेपालमा पनि आउंछ तिमिहरु सुध्र है भनेर मैले संसदमा प्रष्ट भनेको स्मरण गर्दै अध्यक्ष चित्रबहादुरले भने सरकार चलाउंदै आएका दलहरु नसुध्रीएका कारण अहिले नेपाली जनताले यो दुरदशा भोग्नु परेको हो । देशै रहने नरहे डर बढेको बताउंदै उनले भने देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता आंखाको नानी जस्तै बनाउनुपर्छ । गुमेको संसद पुर्नस्थापना भएपनि स्वीकारने र चुनाव भएपनि स्वीकारने बताउंदै जेनजी आन्दोलनको पाठ सिकेर संविधान जोगाउनु पर्नेमा जोड दिए ।

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको जेनजी आन्दोलन र त्यसले दिएको शिक्षा विषय अबधारणा पत्रमाथि वक्ताले आआफ्ना धारणा राखेका थिए ।
सोही अन्तरक्रियामा बोलदै नेकपा मालेका स्थायी कमिटी सदस्य गोपालमणी गौतमले जेनजी आन्दोलनले देश कता जान्छ भन्ने अवस्थाको सिर्जना भएको बताउंदै निर्वाचन गराउन र देशलाई निकास दिन सर्वपक्षीय सरकार गठन गर्नुपर्ने बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिव्यूरो सदस्य पे्रम सुवेदीले जेनजी आन्दोलनलाई कमजोर सम्झन नहुने बताउंदै मुलुकको राष्ट्रिय स्वाधिनता कमजोर भएकाले संसदवादी दलहरु सुध्रन जरुरी रहेको बताए ।

एमालेका लुम्बिनी प्रदेश सदस्य युवराज घिमिरेले जेनजी आन्दोनलाई अराजकता मिसिएको बिद्रोह भएको बताउंदै २३ गतेको घटनालाई सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने र २४ गतेको आन्दोलन घुसपैठका कारण घटेकाले उचित छानविन गरी दोषीलाई कारवाही गर्नुपर्नेमा जोड दिए । उनले जेनजी आन्दोलनलाईए अराजकताको भिड भएको तर्क गरे ।

नेपाली कम्युनिष्ट पार्टीका नेता निर्मल जीसीले जेनजी आन्दोलनले सबै दलहरुलाई सुध्रने संकेत गरेको बताउंदै अब पनि दलहरु नसुध्रीय सक्किनुको विकल्प नभएकाले सबै दल मिलेर देशलाई अगाडि बढाउनु पर्ने बताए ।

नेकपाका केन्द्रिय सदस्य शरद वलीले जेनजी आन्दोलन बेथिति बिरुद्दको बिद्रोह भएको उल्लेख गर्दै यो अवस्था आउनमा अहिलेको व्यवस्था पनि दोषी रहेको बताए ।

बुटवल बार एशोसिएसनका अध्यक्ष गोविन्द मरासिनीले जेनजी आन्दोलन अहिलेका दलहरुले फैलाएको वितिष्णाको प्रतिकार भएको बताउंदै दलहरु नसच्चीएमा देशमा अझै दुर्घटना घट्न सक्ने बताए । उनले प्रदेश खारेज गर्नुपर्ने र संघीयता भित्रका राष्ट्रिय सभा, जिल्ला समन्वय समितिको कुनै काम नभएको तर्क गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले जेनजी आन्दोलनका मुख्य दोषी नेपालका कम्युनिष्ट पार्टीहरु भएको दावी गर्दै सधै एकले अर्कालाई दोषारोपण गरेर आफु चाखो बन्ने प्रवृत्तिको अनत्य हुनुपर्नेमा जोड दिए । जेनजी आन्दोलनबाट घटेका घटनाको जिम्मेवार तत्कालिन सरकारले लिनुपर्ने उनले बताए ।

पत्रकार डा. बालकृष्ण चापागाईले सरकारको लाचारी र नालायक पनका कारण जेजनी आन्ज्दोलनबाट देशले क्षती भोग्नु परेको बताउंदै दलहरुमा सुधार आउनुको विकल्प छैन भने ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका सल्लाहकार बदे्र आलम, पत्रकार गुनाराम घिमिरे, बुटवल उद्योग वाणिज्य संका अध्यक्ष हरि अर्याल, राष्ट्रिय उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष पदम श्रेष्ठ, कृषि विज्ञ तुल्सी भण्डारी, कृष्ण भण्डारी, केपी पोखरेल लगायतले बोल्दै जेनजी आन्दोलन बेथिति विरुद्दको एक प्रकारको बिद्रोह भएपनि कुनै सैद्दान्तिक र बैचारिक आन्दोलन नभएकाले देश चलाउने विषयमा जेनजी पुस्ताको भरपर्न नहुनेमा जोड दिए ।

जेनजी आन्दोलनका मागहरुलाई सम्बोधन गरेर देशलाई अगाडि बढाउनु पर्ने र त्यसका लागि दलहरु सुध्रन आवश्यक रहेको दलकै नेताहरुले बताएका छन् । सरकारमा रहेका एमाले, कांगे्रस लगायतका दलहरुको बथेति र बदमासीले जेनजी आन्दोलन जन्मिएको बताउंदै उनीहरुले जेनजी आन्दोलनमा देशी विदेशी शक्तिको योजनाबद्द घुसपैठले देश ध्वंस भएको बताए । जेनजी आन्दोलनले देश झनै संकटमा फसेको र देशलाई अगाडि बढाउन राजीतिक दलहरुनै चाहिने उनीहरुको साझा धारणा छ ।

राष्ट्रिय जनमोर्चा रुपन्देही कार्यबहाक अध्यक्ष इन्द्ररा ज्ञवालीको अध्यक्षता र सचिव गंगालाल सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।