नागरिकको सुरक्षाप्रति प्रहरी गम्भीर छ – प्रहरी महानिरीक्षक


बुटवल, मंसिर १० गते । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको सुरक्षामा कुनैपनि कमी हुन नदिने बताएका छन् । कार्कीले आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले देशको सबै क्षेत्रलाई सुरक्षाको आवश्यक परेको बताउंदै उद्योग, व्यापार र लगानीको हिसाबले नीजि क्षेत्र सुरक्षित रहेमा देश समृद्धितर्फ अघि बढ्ने बताए ।

लुम्बिनी प्रदेश सुरक्षा परिषद्को बैठकका लागि रुपन्देही आएको अवस्थामा बुधबार बुटवलमा उद्योग वाणिज्य संघ बुटवलले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै शान्ति सुरक्षा कायम गर्न सबैको साथसहयोग आवश्यक पर्ने बताए ।
आईजीपी कार्कीले हामी सबैका लागि सुरक्षा चाहिएको उल्लेख गर्दै भने गलत काम गर्ने वा चन्दा उठाउने, चोरी–डकैती गर्ने र उच्छृङ्खल गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउंनु पर्छ । सुरक्षाको विषयमा नेपाल प्रहरी दृढतापूर्वक काम गर्छ ।

शक्तिशाली दुई छिमेकी देश भारत र चीनले औद्योगिक विकास र निर्यातवृद्धिको आधारमा तीव्र आर्थिक प्रगति गरेकाले नेपालमा पनि नीजि क्षेत्र र सरकारबीच सम्बन्ध बलियो बनाएर आर्थिक प्रगति गर्नुपर्नेमा जोड दिए । उद्योगी–व्यवसायी ढुक्क भएर काम गर्न सक्ने वातावरण बनाउने जिम्मा प्रहरी प्रशासनले लिन्छ । त्यही अनुसार मेरो नेतृत्वको प्रहरीले काम गर्छ उनले भने ।
उक्त छलफल कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जेन–जी आन्दोलनमा औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाबाट त्रसित क्षेत्र निजी अझै पनि त्रसति नै रहेको बताए । लगानी तथा आर्थिक सुरक्षाको अभावले नीजि क्षेत्र ठूलो समस्या रहेको बताए ।
गलत गतिविधिमा संलग्न भएकाहरुलाई यथाशिघ्र पहिचान गरी कानुनी दायरामा ल्याएर नीज क्षेत्रलाई भरपर्दो सुरक्षा वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन् । अर्थतन्त्रको मेरुदण्ड नीजि क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष अर्यालले भने उद्योग–व्यवसायलाई भयरहित वातावरणमा सञ्चालन गर्न नसकिएका कारण अर्थतन्त्रमा गम्भीर असर परेको हो ।
प्रहरी महानिरक्षिक संगको उक्त कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, पदाधिकारी, रुपन्देही क्षेत्रका प्रहरी अधिकारीहरुको सहभागिता रहेको थियो ।






















