सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउ हामीले सहमति गरेका हौ – प्रचण्ड


पोखरा, मंसिर १४ गते । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति आफूहरूले गरेको दाबी गरेका छन् ।

आइतबार पोखरामा आयोजित एकता सन्देश सभामा बोल्दै भदौ २६ गते राती म र माधव नेपालसहितले सहमति गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति भएको बताए ।
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति हामीले गरेका हौ, यो कुराको हेक्का सरकारले हेक्का राख्नुपर्ने बताए । देशैभर चुनावी वातावरण बनाउनका लागि यो अभियान चलाइरहेको बताउंदै उनले भने छिमेकीले समेत आगामी फागुन २१ गते निर्वाचन चाहेकाले निर्वाचन हुने दावी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चुनावको वातावरण बनाउन सरकारलाई आग्रह गरे । निर्वाचन गराउने विषयमा सरकार चुक्न हुन्न हामी निर्वाचनमा होमियौ उनले भने ।























