रुख र माटो चोरी गर्ने गिरोह पक्राउ

बुटवल, मंसिर २२ ग्ते । रुपन्देहीको ओमसोतियामा माटो र रुख चोरी गर्ने गिारोहलाई पक्राउ गरिएको छ । सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको ओमसतिया ५ पट्खौलीको जग्गाबाट गैरकानुनी रुपमा माटो चोरी गर्ने र रुख कटान गरी चोरी निकासी गरिरहेको अवस्थामा पक्राउ गरी नगरपालिकाले पक्राउ गरेको हो ।

पक्राउ परेको गिरोहलाई नगरपालिकाले कार्वाहीका जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–५ मा पर्ने नगरपालिकाको नाममा दर्ता रहेको ६ बिघा जग्गाबाट अवैध रूपमा ठूला–ठूला रुख कटान गरी माटो ओसारपसार गर्दै गर्दा शुक्रवार नगर प्रहरीले नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो ।

चोरीमा संलग्न तीन जनालाई पक्राउ गरिएको र एकजना फरार भएको नगर पालिकाले जानकारी गराएको छ । ओमसतिया–५ गौरी बस्ने अन्दाजी २७ वर्षीय छोटु भन्ने जयप्रकाश यादव, सोही ठाउँ बस्ने अन्दाजी ५३ वर्षीय जगदीश कोइरी पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका–८ बस्ने अन्दाजी ३७ वर्षीय अनिलकुमार सराफ भने फरार रहेका छन् ।

लु १ त १६६ नम्बरको ट्याक्टर प्रयोग गरी उक्त जग्गामा रहेका रुख कटान गरी माटो निकासी गरिरहेको अवस्थथामा नगरपालिकाले रंगेहात पक्राउ गरिएको नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले जानकारी गराएका छन् ।

नगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गाबाट लामो समयदेखि निरन्तर रूपमा रुख कटान र माटो उत्खनन गरी अवैध निकासी भइरहेको नगरपालिकाले बताएको छ ।

पक्राउ परेका तीन जनामाथि अनुसन्धान भैरहेको र फरार रहेका एक जनाको खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्तmा सुरज कार्कीले बताएका छन् ।