नेपाल शैक्षिक प्रामर्श संघ रुपन्देहीमा नयां नेतृत्व


बुटवल, मंसिर २२ गते । आइतबार बुटवलमा सम्पन्न नेपाल शैक्षिक प्रामर्श संघ (इक्यान) रुपन्देहीको अध्यक्षमा गोविन्द बस्ने निर्वाचित भएका छन् ।

सातौ वार्षिक साधारण सभा तथा चौथौ अधिवेशनबाट अध्यक्षमा बस्नेतसहित इक्यान रुपन्देहीको कार्यसमिति सर्बसम्वत भएको छ ।
संघको उपाध्यक्ष दिपेश अर्याल, सचिव उपेन्द्र यादव, कोषाध्यक्षः राम चन्द्र खरेल सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा किरण राना, शिखर गिरी धिताल, राम बहादुरखड्का, शिव पौडेल लगायत सर्वसम्वत निर्वाचित भएको नेपाल शैक्षिक प्रामर्श संघ रुपन्देहीका निवर्तमान अध्यष गरिराज पाण्डेले जानकारी गराए ।

यस अघि भएको साधारण सभा तथा अधिवेशन उद्घाटन सत्रमा बोल्दै नेपाल शैक्षिक प्रामर्श संघ (इक्यान) का केन्द्रिय अध्यक्ष शेषराज भट्टराईले राज्यप्रति जिम्मेवार भएर शैक्षिक क्षेत्रमा काम गरिएको बताए । अध्यक्ष भट्टराईले वैदेशिक अध्ययनमा जानका लागि शैक्षिक परामर्श विना सम्भव नहुने बताउंदै शैक्षिक परामर्श संघ विना बैदेशिक शिक्षा अपुरो हुने बताए । 
संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले राज्यलाई शिक्षाप्रति जिम्मेवार हुन आग्रह गर्दै नेपाल शैक्षिक प्रामर्श संघ विद्यार्थीप्रति जिम्मेवार भएर सेवा गरेको बताए । संघका महासचिव दीपकराज भुसालले राज्यले नेपाल शैक्षिक प्रामर्श संघमा आवद्द सदस्यहरुलाई राज्यले नीतिगत रुपमा सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका प्रचम उपाध्यक्ष इन्दु पौडेल, सचिव भवनाथ हुमागाई, कोषाध्यक्ष आशिष कार्की, शुवास थापा, संघका रुपन्देही सल्लाहकार गोविन्दराज अधिकारी, कास्कीका अध्यक्ष ओमप्रकाश गैरे, मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडा, चितवनका पूर्व अध्यक्ष समुन्द्र अर्याल, रुपन्देहीका सस्थापक अध्यक्ष देवबहादुरुवंर, राजेश पाण्डे लगायतले बोलेका थिए ।
नेपाल शैक्षिक प्रामर्श संघ (इक्यान) रुपन्देही अध्यक्ष .गिरीराज पाण्डेको अध्यक्षता र सचिव गोविन्द बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।
अध्यक्षलगात अन्य पदहरुमा केयौं आंकाक्षी भएपनि सहमतिका लागि प्रयार गरेर कार्यसमिति नै सर्वसम्वत चयन गरिएको हो ।






















