फाइनलमा पुगेको लुम्बिनी उपाधिका लागि सुदुरपश्चिमसंग भिड्ने

बुटवल, मंसिर २५ गते । विराटनगरलाई हराउंदै लुम्बिनी फाइनलमा प्रवेश गरेको छ । अब लुम्बिनी उपाधिका लागि सुदूरपश्चिमसंग भिड्ने भएको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा पुगेको हो ।

लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्ने निश्चित भयो । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा अलआउट भएको हो ।