व्यापार संघमा पदहस्तान्त्रण, पत्रकार शर्मा र पाण्डे पुरस्कृत

बुटवल, मंसिर २५ गते । रूपन्देही ब्यापार संघमा पदहस्तान्त्रण गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई पदहस्तानत्रण गरिएको हो ।
गत कार्तिक २८ गते रुपन्देही व्यापर संघको २४ औ वार्षिक साधारण सभा तथा १३ औ अधिवेशन सम्पन्न भएको थियो ।

अधिवेशनबाट सहमति जुट्न नसकेपछि मंसिर ४ गते प्रकाश ढकाल अध्यक्ष रहेको कार्यसमिति सर्वसम्बत रुपमा चयन गरिएको थियो ।
सहमतिमा अध्यक्ष लगायत सबै पदहरु सर्वसम्वत भएका थिए । सर्वसम्वत निर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यहरुको बिहीबार एक कार्यक्रमबीच पदहस्तानत्रण गरिएको हो । निर्वाचन समितिका प्रमुख लेखनाथ ढकालले सफथ ग्रहण गराएका थिए, भने निवर्तमान अध्यक्ष दीपक अधिकारीले नवनिर्वाचित अध्यक्ष प्रकाश ढकाललाई माइनुट हस्तानत्रण गरेका थिए ।

सोही कार्यक्रममा बोल्दै एमालेका नेता तथा प्रदेश सांसद विष्णु पन्थीले नीजि क्षेत्र चलायमान नहुंदासम्म आर्थिक चलायमान हुन नसक्ने बताउंदै नीजि क्षेत्रसंग सहकार्य गर्नुपर्ने बताए । उनले नयां परिभेषको नयां अवस्था अनुसार चल्नु पर्ने बताउंदै नीजि क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउने दायित्व राज्यको हो भने ।

नवनिर्वाचित अध्यक्ष प्रकाश ढकालले उद्योगी व्यवसायीको हितमा सबैसंग सहकार्य र एकताका साथ अगाडि बढ््ने प्रतिवद्दता जनाएका छन् ।

सोही अवसरमा रुपन्देही व्यापार संघले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकार टिआर शर्मा र अमृता अनमोल पाण्डेलाई नगदसहित पुरस्कृत गरिएको छ ।


कार्यक्रममा रुपन्देही व्यापार संघका संस्थापक अध्यक्ष मोती ज्ञवाली, आन्तकिर राजश्व कार्यालय भैरहवाका प्रमुख पे्रम पोखरेल, पश्च्मि नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष गणेश अधिकारी, निर्वाचन समितिका प्रमुख लेखनाथ ढकाल लगायतले बोलेका थिए ।