जनताले सही दल चिन्न नसक्दा देश संकटमा – चित्रबहादुर

बुटवल, मंसिर २७ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले सही प्रकारको राजनीतिक दल रोज्न नसके देश झनै संकटमा पर्ने बताएका छन् । उनले जनताले गलत राजनीतिक दल रोजेका कारण अहिले देश यो अवस्थामा पुगेको बताए ।

राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा शनिबार आयोजना  गरेको जिल्लास्तरीय सभामा बोल्दै जनताले नबुझेसम्म देशले निकास नपाउने बताउंदै बुझेर मात्रै मद दिन जनतालाई आग्रह गरे । मुलुकको अवस्था यस्तो बिकराल हुनुमा एमाले, कांगे्रस र माओवादी विम्ेवार रहेको उल्लेख गर्दै यि आफुलाइृ ठूलो दल बताउने तीनै दलले देश र जनताको हितमा काम नगरेको आरोप लगाए । जनमतको दुरुपयोग गरेर राजनीतिलाई उद्योग बनाउने एमाले, कांगे्रस र माओवादीका कारण जेनजी आन्दोलन निम्तेको अध्यक्ष चित्रबहादुर केसीको तर्क छ।

अध्यक्ष केसीले जेनजी आन्दोलनका मागहरु  ठिक  भएपनि जेनजी आन्दोलनमा घुसपैठ हुंदा देशमा विध्वंस भएको बताउंदै यो विध्वंसमा हुनुमा एमाले, कांगे्रस र माओवादी जिम्मेवार रहेको बताए । देशमा भारतीय र अमेरिकी साम्राज्यवाद नेपालमा हाबी भएको बताउंदै साम्राज्यबाद नेपालका लागि खतरनाक भएको दाबी गरे ।
भ्रष्टाचार, संघीयताबिरुद्द आन्दोलनलाई निरन्तार दिएको र राष्टियताको पक्षमा सम्भौताहिन संघर्ष गर्दै आएको एक मात्रै पार्टी राष्ट्रिय जनमोर्चा भएको दाबी गरे ।

उक्त कार्यक्रममा  केन्द्रीय सल्लाहकार तथा तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, कम्युनिस्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल किसान महासंघका नेता चन्द्रबहादुर केसी, नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ, लोकराज भुसाल, गणेश गौतमलगायतले बोलेका थिए । रुपन्देही कार्यवाहक अध्यक्ष इन्द्रिरा ज्ञवालीको अध्यक्षता र सचिव गंगालाल सापकोटाको कार्यक्रम भएको थियो ।

राष्ट्रिय जनमोर्चाले शनिबार देशका थुप्रै ठाउंमा सभा गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार देशका विभन्न ठाउंमा सभा गरिएको सो पार्टीका नेता बदे्र आलमले बताएका छन् ।