सुदूरपश्चिमलाई हराउंदै उपाधि जित्न लुम्बिनी सफल

बुटवल, मंसिर २७ गते । सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि जितेको छ । सुदूरपश्चिम रोयल्स भने लगातार फाइनल पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो। ८६ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले नवौँ ओभरमा ४ विकेट गुमाएर लक्ष पूरा ग¥यो। योसँगै लुम्बिनीले ६ विकेटकको शानदार जित निकाल्दै उपाधि जित्न सफल भएको हो।

लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दे १३ बलमा ४२ रनको पारी खेले। अर्का ओपनर डार्सी शटले १३ बलमा १४ रनको योगदान गरे भने नटआउट रहेका निरोशन डिकवेलाले १२ बलमा ११ रन बनाए।

.कप्तान रोहित पौडेलले १२ बलमा १६ रन बनाए भने सन्दिप जोरा शून्य रनमा आउट भए। लुम्बिनीका लागि अर्का नटआउट दिलिप नाथले १ रन बनाए। लुम्बिनीले २ अतिरिक्त रन पाएको थियो।

बलिङतर्फ सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। सुदूरका लागि हेमन्त धामीको नाममा २ र अविनाश बोहराको नाममा १ विकेट रह्यो।