भानुभक्त माविको ५० औँ वार्षिक उत्सव


टेकराज भुसाल
अर्घाखांची, मंसिर २९ गते । भानुभक्त माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिक उत्सव (स्वर्ण जयन्ती)को अवसरमा आज उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।

उद्घाटन समारोह लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्यूठान मल्लरानी गाउँपालिका अध्यक्ष श्री कृष्णबहादुर खड्काको विशेष उपस्थिति रहेको थियो।
एद्घाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले भानुभक्त माध्यमिक विद्यालयले विगतदेखि ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरे । मन्त्री थापाले शिक्षाको विकास बिना समग्र समाजको विकास सम्भव नहुने बताउँदै विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवलाल खत्रीले विद्यालय स्थापनादेखि हालसम्मको यात्रा, उपलब्धि र चुनौतीबारे प्रकाश पार्दै सबै सरोकारवालाको सहयोगले विद्यालय यहाँसम्म आइपुगेको बताए ।
स्वर्ण जयन्ती कार्यक्रम पुस २ गतेसम्म सञ्चालन हुने ।
विद्यालयका अनुसार पुस १ गते पूर्व शिक्षक तथा विद्यार्थीहरूको पुनर्मिलन तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ भने पौष २ गते विविध कार्यक्रमसहित समापन समारोह सम्पन्न गरिनेछ।
विद्यालयले स्वर्ण जयन्तीको अवसरमा विभिन्न शैक्षिक, साँस्कृतिक तथा स्मरणीय कार्यक्रमहरू आयोजना गरी आफ्नो इतिहासलाई स्मरण गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षाको प्रतिबद्धता व्यक्त गरेको छ।























