ढुवानीको रक्तदानमा १ सय ७ पोका रगत संकलन

बुटवल, मंसिर २९ गते । ढुवानी व्यवसायी समिति, रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ७ पोका रगत संकलन भएको छ । समितिको कार्यालयमा आयोजित कार्यक्रममा १ सय ७ पोका रगत संकलन भएको समितिले जनाएको छ ।

नेपाल नियमित रक्तदाता संघका अध्यक्ष कृष्ण चौहानले रक्तदातालाई रगत संकलन गर्ने व्याग हस्तान्तरण गरि कार्यक्रम शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष चौहानले रगतको अभावमा कसैले पनि जीवन गुमाउन नपरोस भन्ने उद्देश्यले रगतको उपलब्धता र रक्तदानमा उत्प्रेरित गर्नको लागि नियमित रुपमा रक्तदान गर्न सबैलाई आग्रह गरे । चिसो मौषममा रगतको अभाव हुने भएकाले रक्तदान गर्न सबैलाई आग्रह गरे ।

संस्थाका वार्षिक कार्यक्रम अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम गरिएको समितिका अध्यक्ष अनिल श्रेष्ठले बताए ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, व्यवसायी, मजदुर तथा सुभेच्छुक समेत गरी १ सय ७ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक समितिका वरिष्ठ उपाध्यक्ष शंकर लम्सालले जानकारी गराउनु भयो । समितिले विगत वर्षदेखि हरेक वर्ष रक्तदान गर्दै आएको छ ।

कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई संस्थाका अध्यक्ष श्रेष्ठ, नेपाल ट्रक व्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, समितिका निर्वमान अध्यक्ष जितबहादुर भाट, पूर्व अध्यक्ष श्यामराज हमाल, कार्यक्रम संयोजक शंकर लम्साल, रक्त संचार केन्द्रका निरञ्जन श्रेष्ठ लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

समितिका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शंकर लम्सालको स्वागत तथा सचिव झविन्द्र थापाले सञ्चालन कार्यक्रम भएको हो ।