राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली


बुटवल, पुस ३ गते । राष्ट्रिय जनमोर्चाले कार्यवाहक अध्यक्षको जिम्मेवारी रश्मीराज नेपालीलाई दिएको छ। अध्यक्ष चित्रबहादुर केसीले पारिवारिक समस्याका कारण पार्टीको बैठकमा केही समयका लागि विदा माग गरेपछि कार्यवाहक अध्यक्ष पार्टीका शिर्ष नेता रश्मीराज नेपालीलाई अध्यक्षको जिम्मेवारी दिईएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी गराएका छन् ।

रुपन्देहीको बुटवलमा यही पुसको २ र ३ गते सम्पन्न राष्ट्रिय जनमोर्चा जनमोर्चाको बैठकले कार्यकारी अध्यक्ष नेपालीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । महासचिव मनोज भट्टका अनुसार केसीले पारिवारिक समस्याका कारण आफूले अध्यक्षको जिम्मेवारी वहन गर्न नसक्ने भन्दै केन्द्रीय समितिको बैठकमा विदाको माग गर्नुभएकोे थियो ।
दाङ निवासी कार्यवाहक अध्यक्ष नेपाली पुराना नेता हुन् । निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध भूमिगत राजनीति सुरु गरेका नेपालीले शिक्षक पेसाबाट दाङबाट राजनीति सुरु गरेका पाका नेता हुन् ।






















