एमाले महासचिवमा शंकर पोखरेल विजयी

बुटवल, पुस ३ गते । एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । औपचारिक रुपमा घोषणा हुन बाँकी रहेपनि मत संख्याको आधारमा पोखरल विजयी भएका हुन् ।

महासचिवमा शंकर पोखरेलले १२ सय २८ मत प्राप्त गरेर विजयी भएका छन्, भने अर्का प्रतिष्पर्दी सुरेन्द्र पाण्डले ९ सय ९९ मत प्राप्त गरेर उपविजेता भएका छन् ।