समयमै निर्वाचन – अर्थमन्त्री

बुटवलमा १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी शुरु

बुटवल, पुस ३ गते । अर्थमन्त्री डा. रामेश्वर खनालले निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । देशलाई अगाडि बनाउन निर्वाचित सरकार चाहिने भएकाले निर्वाचनको विकल्प खोज्नै नसकिने बताउंदै सरकार निर्वाचनको तयारमिा लागेको बताए ।

बुटवलमा बिहीबारदेखि शुरु भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै निर्वाच निर्वाद रुपमा निष्पक्ष र धादलिरहित हुने दाबी गरे । अर्थमन्त्री खनालले राजनीति स्थायित्व नहुंदासम्म देशको सम्वृद्दि हुन नसक्ने बताउंदै समयमा निर्वाचन बनाउने गरी निर्वाचनको माहोल बनाउन सबैलाई आग्रह गरे ।

उनले यो सरकार निर्वाचन बनाउनका लागि बनेको बताउंदै देश चलाउन निर्वाचित सरकार चाहिने भएकाले निर्वाचन भएरै छाड्ने बताए ।
अथमन्त्री खनालले आर्थिक गतिविधि विस्तारै अघि बढेको बताउंदै आमजनतामा खुशीयाली छाउंदै गएको बताए । बैंकमा पैसा थन्केर तरता भएको विषयमा सरकार गम्भीर रहेको बताए । उनले अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमा जोड दिंदै उद्योगी व्यवसायीहरुका समस्याप्रति सरकार गम्भीर भन्दै भने विकास आयोजनाका कामहरु समयमै सम्पन्न हुने भए बजेट नरोकिने र समयमा काम हुन नसक्ने खालका आयोजनाको बजेट रोकिने स्पष्ट पारे ।

लुम्बिनी प्रदेशका युवा तथा खेलकुंद मन्त्री सन्तोष पाण्डेयले पर्यटन र खेलबाट नेपालको सम्वृद्दि हुन सक्ने बताए । मन्त्री पाण्डेयले राजनीतिदेखि हरेक क्षेत्रको नेतृत्वमा पुगेको नेतृत्वको बुद्दि नआउंदा देशले समस्या भोग्नु परेको बताउंदै देशलाई अगाडि बढाउन सही प्रकारको नेतृत्व चाहिने बताए । बुद्धले दिएको विचार र बाटोलाई आत्मसाथ गर्नुपर्ने बताउंदै मन्त्री पाण्डेयले भने हामी काम भन्दा कुरा धेरै गर्ने भएकाले समस्या देखिएको हो ।

एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री भोजप्रसाद श्रेष्ठले औद्योगिक विकासका लागि सरकारले उद्योगी व्यवसायीहरुलाई प्रोत्सान गर्नुपर्ने बताए । उनले अर्थतन्त्रलाई बलियो बनाउनु पर्नेमा ाजोड दिंदै भारतसंग जोडिएका खुल्ला सीमानाहरुलाइृ वयवस्थित गर्नुपर्ने बताए । उनले बुटवल समग्र रुपन्देहीको विकासले देशको मुल विकासमा टेवा पुराउने उल्लेख गर्दैै यो क्षेत्रका विकासका आयोजनाहरु सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिन अर्थमन्त्री रामेश्वर खनाललाई आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नीजि क्षेत्रलाई प्रोत्सान गर्नुपर्ने बताउंदै नीजि क्षेत्रसंग सहकार्य गरेर औद्योगिक विकासको सम्वद्र्दन गर्नुपर्ने बताए । उनले संघले प्रदेशलाई विकासका आयोजना दिएको र बजेट नदिएकाले बुटवलको बल्वास बेथरी सडक अलपत्र परेको बताउंदै आयोजनाहरुको बजेट कटौती नर्गन संघीय सरकारलाई आग्रह गरे । उनले बुटवलमा बन्दै गरेको लुम्बिनी प्रदोशीक अस्पतालको भवन र तीनाउ नदीमाथि बन्ने अत्याधुनिक सिग्नेचर पुललगायतका आयोजनाहरु सम्पन्न गर्न बजेट अभाव नगराइदिन संघीय सरकारलाई आग्रह गरे ।

औद्योगिक पत्रकारिता पुरस्कारबाट पत्रकार प्रकाश आचार्यलाई नगद ४८ हजार १ सय ५५ रुपैयांले पुरस्कृत तथा सम्मान गरिएको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष तथा प्रदर्शनी मूल आयोजक समितिका संयोजक कृष्ण पराजुलीले औद्योगिक क्षेत्रको विकासका लागि नीजि क्षेत्रले नीतिगत सुधार चाहेको बताए । उनले आजका दर्शक, उपभोक्ता भोलिका उद्योगी हुने गरी प्रदर्शनी आयोजना गरिएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चापागाई, रुपन्देही नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलम, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डे लगायतले बोल्दै नेपालमा औद्योगिक करण गर्नुको विकल्प नभएको बताउंदै औद्योगिक करणका लागि सरकारले नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए ।

बुटवल मण्डपमा निमार्णाधीन अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना भएको प्रदर्शनीमा विभिन्न प्रकृतिका ५ सय वटा स्टलहरु राखिएको आयोजक संस्था रुपन्देही उदोग संघका वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले बताए । पुस १७ गतेसम्म चल्ने प्रदर्शनीमा ८ लाख दर्शकले अवलोलकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको रुपन्देही उद्योग संघले बताएको छ ।

संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता, महासचिव सुमन बस्यालको सञ्चालन र वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेको स्वागतमा उद्घाटन कार्यक्रम भएको हो ।