नेपालमा संघीयता चौथौ स्टेपको क्यान्सर जस्तै – दुर्गा पौडेल

‘एक गिलास रक्सी र एक प्लेट मासुमा नबिक्नुस्, हजार, पांच सयमा आफ्नो विवेक नबेच्नुस्। सही गलत छुट्याएर मतदान गर्नुस ।

प्यूठान, पुस ६ गते । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले नेपालमा संघीयतासंगै भ्रष्टाचार र बेथिति मौलाएको बताएकी छन् । नेपालको हकमा संघीयता चौथौ स्टेपको क्यासन्स जस्तै भएको बताउंदै राजनीतिलाई उद्योग बनाउनेहरुबाट भ्रष्टाचार मौलाएको बताइन ।

राजमोकी प्रवक्तासमेत रहेकी नेतृ पौडेलले आइतबार प्यूठानको विजुवारमा राजमोले आयोजना गरेको आमसभामा बोल्दै क्यान्सले मानिसलाई सिध्याए जस्तै संघीयताले नेपाललाई सिध्याउछ भनिन् । पूर्व सांसद पौडेलले नेपालमा विदेशी स्वार्थका कारण सङ्घीयता भित्राइएको स्मरण गर्दै उहाँले आठओटा सरकार चलाउन नसकिने स्पष्ट भएको ठोकुवा गरिन । हामीले आफ्नो आन्तरिक आयले एउटा सरकार सञ्चालन गर्न सक्दैनौँ भने आठ÷आठओटा सरकार कसरी सञ्चालन गर्न सकिन्छ  .

उनले सत्तामा पुगेका राजनीतिक दलहरूको भ्रष्ट चरित्रकै कारण देशमा जेनजी आन्दोलन उठेको बताउंदै उपाध्यक्ष पौडेलले भनिन् – ‘आजसम्म सत्तामा पुगेका राजनीतिक दलले चरम भ्रष्टाचार नै गरे । त्यसैको परिणामस्वरूप गत भदौ २३–२४ गते जेनजी आन्दोलन उठेको थियो ।’ राजमोले सुरुदेखि नै भ्रष्टाचारको विरुद्ध आवाज उठाउँदै आइरहेकोमा जेनजी आन्दोलनले पनि त्यही मुद्दा उठाएकाले आफूहरूले समर्थन गरेको स्मरण गरिन् ।

‘जेनजी आन्दोलनप्रति हाम्रो समर्थन थियो’ उहाँले भन्नुभयो– ‘कानुन नबनाईकन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको र भ्रष्टाचारको विरोध दुवै मागप्रति राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।’जेनजी एउटा उमेरसमूह मात्रै भएको बताउँदै जेनजी भएकै कारण जनतालाई राहत नमिल्ने तर्क गरिन ।

‘२०१० सालमा प्युठानमा जनता शिविर सञ्चालन गर्दा मोहनविक्रम सिंह पनि जेनजी हुनुहुन्थ्यो’ भन्दै उनले भनिन् – ‘तर अहिले जेनजी आन्दोलन भनिएकासँग सही राजनीतिक विचार छैन । नेतृत्व छैन । त्यसैले त्यसलाई अमेरिकी साम्राज्यवादले उपयोग ग¥यो ।’
उनले अमेरिकी साम्राज्यवादको ग्राइन्ड डिजाइनबाट जेनजी आन्दोलन चलेको ठोकुवा दावी गर्दै ‘चीनको विरुद्धमा अमेरिकी साम्राज्यवादी स्वार्थ पूरा गर्न नेपालमा समेत जेनजी आन्दोलन उठाइयो ।’

चुनावबारे बोल्दै नेतृ पौडेलले भनिन् फागुन २१ गतेको निर्वाचन अझै सुनिश्चित भएको छैन । ‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सुनिश्चित छैन’ साम्राज्यवादी एजेन्टले चुनाव जित्ने ग्यारेन्टी भयो भने चुनाव हुनेछ नत्र चुनाव सर्छ ।
‘एक गिलास रक्सी र एक प्लेट मासुमा नबिक्नुस्, हजार, पांच सयमा आफ्नो विवेक नबेच्नुस्। सही गलत छुट्याएर मतदान गर्न नेतृ दुर्गा पौडले जनतालाई आग्रह गरिन् ।

उक्त सभामा राजमोका नेता बोमबहादुर खत्री, नेकपा मसाल लुम्बिनीका प्रवक्ता तिलक जीसी, प्रदेश सांसद तारा खत्री, अखिल छैठौ.का अध्यक्ष, शुवास जीसीलगायतले बोलेका थिए ।