विभानगर बहुउद्देश्यीय सामुदायिक भवन उद्घाटन

बुटवल, पुस ७ गते । विभानगर सामुदायिक संस्थाको अगुवाईमा निर्माण गरिएको विभानगर बहुउद्देश्यीय भवनको उद्घाटन गरिएको छ । बुटवल उपमहानगर र बुटवल १२ ढवाह विवाहनगरका उपभोक्ता समुदायको साझेदारीमा भवन निर्माण गरिएको छ । उक्त बहुउद्देश्यीय भवन बुटवल उपमहानगरपालिका र विवाह नगर सामुदायिक उपभोक्ता समुदायको साझेदारीमा निर्माण गरिएको हो ।

सामुदायिक भवनको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले गरेका हुन । भवन उद्घाटन कार्यक्रममा बोल्दै सामूदायिक भवनहरुबाट सामाजिक कामहरु ग्र्नका लागि सजिलो हुने बताउंदै यस्ता सामूदायिक भवनहरुलाई सही ढंगले उपयोग गर्न आग्रह गरे ।

एनले स्थानीयसंग जोडिएर गर्ने विकास निर्माणका कामहरुनै दीर्घकालीन हुने बताउदै सीपुयुक्त कामलाई प्राथमिकतामा राख्न आग्रह गर्दै सकारात्मक कामलाई अगाडि बनाउनु पर्नेमा जोड दिए ।
नगर प्रमुख पाण्डेले आफ्नो टोल आफैले राम्रो र सभ्य, सफा, सान्त, हरियाली बनाउनु पर्ने बताउंदै हरेक टोलसंग उपमहानगरले सहकार्य गरेर काम गर्ने प्रतिबद्दजा जनाए ।

 

गोविन्द केसीले भवन सामाजिक क्षेत्रका कामका लागि उपयोगी बन्ने बताउंदै भवन बनाएर मात्रै नहुने यसको संरक्षण र सरसफाईमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

सतगढी टोल बिकास संस्थाका अध्यक्ष योगेन्द्र छन्त्यालले टोलवासीहरु एकजुट भयर काम गर्नु पर्ने बताउंदै टोललाई अगाडी बढाउनका लागि सबै टोलवासी मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम संस्थाका अध्यक्ष गंगाला सापकोटाको अध्यक्षता, संस्थाका सल्लाहकार खुमानन्दा भुसालको स्वागत र उपाध्यक्ष मानबहादुर कुवरको संचालनमा कार्यक्रम भएको हो ।