फोटो प्रदर्शनीप्रति दर्शकको चासो


बुटवल, पुस ७ गते । रुपन्देही उद्योग संघको आयोजनामा यही पुस ३ गतेदेखि बुटवलमा जारी १६ औं औद्यौगिक प्रदर्शनी, कृषि प्रविधि तथा पर्यटन महोत्सव जारी छ । उक्त प्रदर्शनी तथा महोत्सवमा नेपाल पत्रकार महासंघले फोटाहरु स्टलमा राखेर प्रदर्शन गरेको छ । फोटो प्रदर्शनप्रति दर्शकले चासो दिएर हरेका छन् ।

नेपाल पत्रकार महासंघले विशेष महत्व दिएर प्रदर्शनी स्थलमा राखिएका फोटाहरुप्रति दर्शक तथा अवलोकन कर्ताले घुमीघुमी फोटाहरु हेर्ने गरेका छन् । बुटवलकोा रामनगरस्थित बुटवल मण्डपमा जारी प्रदर्शनी हेर्ने गएका सबैजसो दर्शक तथा अवालेकन कर्ताका लागि फोटो प्रदर्शनी नौलो र पुराना पुराना खालका इतिहांस बोकेका फोटाहरु भएकाले उक्त फोटो प्रदर्शनी स्थलमा दर्शकको भीड लाग्ने गरेको छ ।
दैनिक हजार बढीले चासो पूर्वक फोटो प्रदर्शनीको स्टलमा पसेर फोटाहरु घोरिएर हेर्ने गरेको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिने पाण्डेले बताए । औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले व्यवस्थापन गरेको फोटो प्रदर्शनीमा पत्रकारिता, उद्योग, पर्यटन, वातावरण र संस्कृतिलाई एउटै थलोमा जोड्ने महत्वपूर्ण भूमिका खेलेको छ ।

पुराना क्यामेरा, टाइपराइटर, प्रेस उपकरण, ऐतिहासिक फोटो, प्रकाशित पत्रिका र अभिलेख सामग्रीले नेपाली पत्रकारिताको विकास यात्रा मात्र देखाएको छैन, समाज परिवर्तनमा मिडियाको भूमिकालाई पनि जीवन्त रूपमा प्रस्तुत गरेको गरेको छ ।
प्रदर्शनीमा लिथो मेशिन, बाइनकुलर, बाँसको कलम, खड्कशमशेर जुद्धसमशेरको पालाको इँटा, बिसौनी –तराजु), फोटो खिच्ने पुरानो भाडा, पहिले प्रयोग गरिने माइकको ढ्वाङ, पुरनो फोटा छाप्ने मेशिन, टेलिफोन, रेडियो, क्यासेट प्लेयर, प्रोजेक्टर, ग्रामो फोन, भिडियो क्यामेरासहितका पुराना सामग्रीहरु सहजै हेर्न सकिन्छ ।
फोटो प्रदर्शनीमा उद्योगधन्दा स्थापना हु“दै गरेको अवस्था, परम्परागत उद्योगदेखि आधुनिक उत्पादनसम्मको विकासक्रम, स्थानीय उद्यमशीलताको संघर्ष र सफलताका क्षण समेटिएका तस्बिरले औद्योगिक क्षेत्रको यथार्थ उजागर भएको अवलोकन कर्ता महेश पौडेलले बताए ।
फोटा प्रदर्शनी अवलोकनमा आएका प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा, आचार्य, सदस्य शान्तराम बिडारी, उपप्रशासकीय अधिकृत रामशरण बोहोरासहितको टोलीले पत्रकारिताको जीवन्त झल्काएको बताएका छन् ।
‘यस्ता प्रदर्शनीले नयाँ पि“ढीलाई इतिहासको जीवन्त जानकारी दिन्छ, पुराना विषयहरु संरक्षण हुन्छन् र पत्रकारिताको महत्व समाजले बुझ्न सहज हुने जानकारहरु बताउछन् ।
रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पत्रकार महासंघले फोटा प्रदर्शनले उद्योगी र पत्रकार महासंघका साथै आमपत्रकारवीच झनै सम्बन्ध बढ्को बताए ।
प्रदर्शनीमा वातावरण संरक्षणसँग सम्बन्धित फोटो प्रदर्शनीको अर्को सशक्त पक्ष बनेको र नदी, वन, वन्यजन्तु, प्रदूषण, जलवायु परिवर्तनका असर र संरक्षण अभियानका तस्बिरले विकास र वातावरणबीचको सन्तुलनबारे सोच्न बाध्य बनाएको अवलोकनकर्ता मित्रबहादुर शाक्यले बताए ।
नेपाल पत्रकार महासंघको फोटो प्रदर्शनीको सबैभन्दा ठूलो फाइदा भनेको पत्रकारिताको इतिहासलाई सहजै बुझ्न सकिन्छ ।
औद्योगिक प्रदर्शनीजस्तो भीडभाड हुने स्थानमा फोटो प्रदर्शनी राखिनुले हजारौं दर्शकसम्म पत्रकारिता र सामाजिक मुद्दाका सन्देश दिएको छ ।





















