फागुन २१ को निर्वाचन बष्किार – पौडेल


बुटवल, पुस ७ गते । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्ण पौडेलले फागुन २१ मा हुने निर्वाचन सशक्त रुपमा बष्किार गर्ने बताएका छन् । अहिलेको अवस्थामा हुने निर्वाचनले जनताका चाहाना पुरा गर्न नसक्ने र पुरानै संसदवादी दलहरु नै हावी हुने भएकाले यो निर्वाचनको कुनै अर्थ नभएकाले बष्किार गरिने बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले जेनजी बिद्रोहको नाममा भारतीय विस्तारबाद र अमेरिकी साम्राज्यबादको इसारामा यो सरकार बनेको दावी गरे । उनले संसदीय व्यवस्था असफल भैसकेकाले अहिलेकै अवस्थामा चुनाब उपयोग गर्न नसकिने बताउंदै सुशीला कार्की नेतृत्वको सरकारले गराउने चुनाब विदेशी प्रतिक्रियावादी शक्तिहरुको डिजाइनमा चुनाब गराउन लागेको आरोप लगाए ।
देशभक्त, जनतान्त्रिक, वामपन्थी, र प्रगतिशील शक्तिहरुको बिचमा राष्ट्य राजनीतक सम्मेलन बाट संयुक्त मोर्चा निर्माण गरेर त्यो मोर्चाको नेतृत्वमा स्वाधिन संयुक्त सरकार बनाउनु पर्ने बताए । उनले फागुन २१ ग्ते हुने चुनाब विदेशी एजेन्टहरुको वर्चस्व कायम गरी आफ्ना एजेन्टहरुको सरकार बनाउने डिजाइन गरिएको दावी गदैृ उनले भने संसदीय व्यवस्था र यस भित्र हुने चुनाबबाट देश अगाडि बढ्न नसक्ने बताए ।
कांगे्रस, एमाले र नेपाली कम्युनिष्ट पार्टीलाई संसदवाद्यि पार्टी भएको दावी गर्दै यि संसदबादी पार्टीहरु असफल भैसकेकाले देशलाई सही प्रकारले अगाडि बढाउनका लागि स्वाधिन संयुक्त सरकार निर्माण गर्नुपर्नेमा जोड दिए ।

बाबुराम आचार्यको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।





















