बुटवलको मटु अस्पतालमा डायलासिस सेवा प्रभावितको संकेत

बुटवल, पुस ९ गते । बुटवलको मुटु अस्पताललाई सरकारले दिनुपर्ने रकम नदिएपछि मुटु र मिर्गौलाका विरामीहरुको उपचार सेवा प्रभावित हुने सम्भावना रहेको छ । मुटु र मिर्गौलाका विरामीहरुको उपचारकाा लागि अस्पताललाई दिनुपर्ने रकम सरकारले भुक्तिानी दिन सकेको छैन ।
मुटु र मिर्गौला उपचार गरेका विरामीहरुको यस आर्थिक वर्षमा सरकारबाट २० करोड ३९ लाख ३१ हजार ८ सय ७९ रुपैंया रकम पाउनु पर्नेमा जम्मा २ करोड ५८ लाख २२ हजार ५ सय रुपैयां मात्रै भुक्तिानी प्राप्त भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराए ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी विमा बापतको सरकारले उपलब्ध गराउनु पर्ने रकम समयमा भुक्तिानी नहुंदा अस्पताल सञ्चालन गर्न समस्या भएको बताए । नेपाल सरकारबाट पाउनु पर्ने १७ करोड ८१ लख ९ हजार ३ सय ७९ रुपैयां नपाउंदा आर्थिक संकटका कारण विरामीहरुको स्वास्थ्य सेवा प्रभावित भएको अस्पतालले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अध्यक्ष आलमले अस्पतालले पाउनु पर्ने रकम यही पुस मसान्तसम्म प्राप्त हुन नसके माघ १ गतेदेखि मुटुमा प्रदान गर्दै आएको १ लाख र मिर्गौलाका विरामीको डायलासिस सेवा बन्द गर्नुपर्ने बाध्यकारी अवस्था आएको बताए । अस्पतालका अध्यक्ष आलमले सरकारसंग रकम भुक्तिानका लागि पटक पटक माग गरिएपनि कुनै सुनुवाई नभएको र अब ऋण खोजेर उपचार गर्न नसकिने बताए ।

सरकारले दिनुपर्ने स्वास्थ्य सेवा २४ सै घण्टा दिंदा पनि सरकारको आधिकारिक निकाय स्वास्थ्य विभाग र विमावीचको आन्तरिक द्दन्द्दका कारण मिर्गौला पीडत विरामीहरुलाई सेवा दिन नसक्ने अवस्था आएको भन्दै अस्पतालले पुस मसान्त भित्र सबै रकम भुक्ततानी दिन सरकारसंग माग गरेको छ । सरकारले नियमति रुपमा दिनुपर्ने रकम रोकेपछि औषधी र उपकरणहरुको सप्लायई रोकिएको र चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको तलव दिन समस्या भएको अध्यक्ष आलमले बताए ।

सरकारका कारण अस्पतालमा आर्थिक संकट आउंदा विपन्न नागरिकको औषधी उपचार कार्यक्रम अन्तरगतको निःशुल्क उपचार सेवा रोक्नु पर्ने अवस्थाले समाजमा नकरात्मक सन्देश जाने बताउंदै अस्पतालका अध्यक्ष आलमले भने नागरिकप्रति सरकार जवाफदेही भए अस्पताल सेवा दिन २४ सै घण्टा तयार छ ।

अस्पतालका अध्य एजाज आलमका अनुसार आर्थिक वर्ष २०७९।०८१ म स्वास्थ्य बिमाबाट स्वास्थ्य बिभागमा सार्दा बांकी रहेको ६ करोड १९ लाख ७२ हजार ५ सय रुपैयां हालसम्म पनि प्राप्त हुन सकेको छैन । मुटु अस्पताले नेपाल सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधी उपचार सेवा कार्यक्रम अन्तरगत मुटु रोगीका लागि क्याथ ल्याबबाट सेवा लिंदा १ लाख र मिर्गौला विर।ामीको डायलासिस निःशुल्क गर्दै आएको छ ।

सरकारको निर्णय अनुसार यस वर्ष मात्रै १३८४ जना मुटुका विरामीलाई ४ करोड ६४ लाख ८९ हजार १४ रुपैयां बराबरको उपचार गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराएका छन् ।
अस्पतालले लुमिबनी प्रदेशसहित गण्डकी, कर्णाली, सुदुरपश्चिम प्रदेशमा गरी ४२ जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा दिंदै आएको छ । स्थापनाको १२ वर्षमा मुटु, मिर्गौला तथा जनरल फिजिसियनका गरी ५ लाख भन्दा बढी विरामीको उपचार सेवा दिएको अस्पतालले जानकारी गराएको छ ।

अस्पतालमा २०७३ सालमा सञ्चालन गरिएको क्याथ ल्याबबाट मात्रै एन्जियोग्राफी, एन्जियोप्लाष्टि, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट, क्याथेटराजेसन र पि.टी.एम.सी गरी ६ हजार ५ सय ६९ जनाले सेवा ापाएकोसमेत अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ । अस्पतालका अनुसार २०७२ सालबाट सुरु गरिएको मिर्गौला उपचार सेवाबाट हालसम्म ३ लाख ३३ हजार ७ सय २१ ज्नाले निःशुल्क डायलासिस सेवा लिएका छन् ।

गौतमबुद्ध सामूदायिक स्वास्थ्य संस्थाले बुटवलको रामनगरमा २०७० साल पुस १० गतेबाट गौतमबुद्ध सामूदायिक मुटु अस्पताल सञ्चालन गरेको हो । यो अस्पतालमा भारतबाट पनि मुटु र मिगौलाको उपचार गर्न आउने गर्दछन् ।