सुरक्षा निकायलाई पेट्रोलियम पदार्थ विक्री गर्न दिन हुदैन – व्यवसायी

श्यामलाल पोखरेल
बुटवल, पुस १२ गते । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको २० औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशन सम्पन्न भएको छ । एशोसिएशनको साधारण सभा तथा अधिवेशनले नयां नेतृत्व चयन गर्दै शनिबार बुटवलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्ने पेट्रोलियम व्यवसायीले देश र जनताको सुरक्षा सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ विक्रीमा रोक लगाउन सरकारसंग माग गरेका छन् । उनीहरुले सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ विक्री गर्न दिंदा व्यवसायबाट विस्थापित हुने अवस्था आएको बताए ।

नीजि क्षेत्रप्रति सरकार उदासिन भएको बताउंदै देशभरका १७ सय बढी पेट्रोल पमहरु संकटमा परेको बताउंदै दिन प्रतिदिन व्यवसायी विस्थापित हुंदै गएको गुनासो गरे । देशको सर्वोच्च निकाय, सिंह दरवार, संसद चवन, सर्वोच्च अदालत जस्ता उच्च निकाय र नेताहरुको सुरक्षा दिन नसक्ने सेना, प्रहरीले पेट्रोलियम पदार्थको ब्यवसाय गर्नै नसक्ने उनीहरुको दावी छ ।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देही अध्यक्ष हिमाल गैरेले सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ बेच्न दिने नेपाल आयल निगमको तनैर तरिका गलत भएको भन्दै यो निर्णय तत्काल सच्चाउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डीका भट्ले सेना, प्रहरीलाई पेट्रोलियम पदार्थ विक्री गर्न दिन हुन्न भन्ने व्ययवासीको मागप्रति गम्भीर बनेको बताए । उनले म आफु कर्मचारी भएको र पेट्रोलियम पदार्थ विक्री गर्न सेना, प्रहरीलाइृ दिन हुन्न भन्ने मागको विषयमा उपल्लो निकायसंग छलफल गर्ने प्रतिबद्दता जनाए । उनले उपभोक्तालाई पुरा तौल र गुणस्तरीय समान उपलब्ध गराउनु पर्ने बताउंदै गुणस्तरीय र सुफथ मुल्यमा पेट्रोलियम पदार्थ उपभोक्तालाई दिने दायित्व आयल निगम र व्यवसायीको हो भने ।

प्रदेश सांसद वैजनाथ जैसवालले नीजि क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताउंदै सुरक्षा दिन नसकेको सेना, प्रहरीलाई इन्धन बेच्न दिनै नहुनेमा जोड दिए ।
नेपाल पेट्रोलियम डिलर्स एशोएिशनका केन्द्रिय अध्यक्ष लिलेन्द्र प्रधानले नीतिगत रुपमा नेपाल आयल निगमलाई सुधार गर्नुपर्ने बताए । सरकारी निकायले ब्यापार गर्दा नीजि क्षेत्रका व्यवसायी धरासायी हुने अवस्था सिर्जना भएको बताउंदै अध्यक्ष प्रधानले भने लगानी अनुसारको प्रतिफल व्यवसायीले पाएका छैनन् ।

नापा तौल तथा गुणस्तर क्षेत्रीय कार्यालय बुटवलका प्रमुख तिलक केसीले हरेक प्रकारका समानको गुणस्तर र नापतौलमा एकरुपता हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदशे अध्यक्ष टंकप्रसाद पोखरेल, पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्याल, पेट्रोलियम डिलर्स एशोसिएशन बाग्मतीका अध्यक्ष अच्युतबहादुर, पेट्रोलियम डिलर्स एशोसिएशन गण्डकी, धौलागिरीका अध्यक्ष मोहन सुवेदी, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यष हरिप्रसाद अर्याल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, एशोसिएशन चितवनकी अध्यक्ष सर्मिला सेडाई, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, ट्याकंर व्यवसायी संघ रुपन्देही अध्यक्ष राकेशकुमार कसौधन लगायतले बोलेका थिए ।
एशोसिएशनका अध्यक्ष हिमाल गैरेको अध्यक्षता, उपाध्यक्ष योगेन्द्र गुप्ताको स्वागत र महासचिव हरिराम कसौधनको सञ्चाmनमा कार्यक्रम भएको हो ।

एशोसिएशनको अध्यक्षमा गैरे निर्वाचित

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बुटवल, रुपन्देहीको अध्यक्षमा पुनः हिमाल गैरे निर्वाचित भएका छन् । एशोसिएशनको २० औं वार्षिक कसाधारण सभा तथा नवौ अधिवेशनबाट हिमाल गैरे सर्वसम्बत रुपमा निर्वाचित भएका हुन् ।

अध्यक्षसहित एशोसिएशनको नयां कार्यसमिति नै सर्वसम्बत भएको निर्वाचन आयुक्त खिमानन्द भट्राईले जानकारी गराएका छन् । निर्वाचन आयुक्त खिमानन्द भट्राई अनुसार एशोसिएशनको बरिष्ठ उपाध्यक्षमा हरिराम कसौधन, प्रथम उपाध्यक्ष रजनिशराज आचार्य, द्दितिय उपाध्यक्ष गोपालप्रसाद बस्याल, महासचिव डांसीराम अधिकारी, कोषाध्यक्ष बिशाल गैरे, सचिव लोकप्रसाद भुसाल, सह कोषाध्यक्ष अभिशेक भारी, सह सचिव घनश्यामप्रसाद कान्दु सर्वसम्बत भएका छन् ।

त्यस्तै रुपन्देही संयोकमा सुनिल थापा, कपिलवस्तु संयोजक मोहमद् असलम खान, नवलपरासी संयोजक राजेशकुमार गुप्त, पाल्पा, स्यागंजा संयोजक ज्ञानप्रसाद भट्राई, गुल्मी, अर्घाखांची बाग्लुड र रुकुमपूर्पको संयोजमा डिलाराम न्यौपाने रहेका छन् ।

त्यस्तै कार्यसमित सदस्यमा दिनेशकुमार कसौधन, सुखराम बर्मा सोनार, विजयकुमार कसौधन, भरतजंग कुंर, दुर्गाप्रसाद चापागाई, टंकप्रसाद न्यौपाने, तिलकमणि अधिकारी, नवराज भट्राई, कम्पोटर पासी, बजेन्द्रकुमार कसौधन, चुडामणी न्यौपाने, बिजयकुमार बानिया सबृसम्वच भएका हुन् ।