प्रशर्दनीमा दर्शकको घुईचो, भुटानी नागरिकद्दारा अवलोकन


बुटवल, पुस १३ गते । बुटवलमा जारी औद्यौगिक प्रदर्शनीको भुटानी पर्यटकले अनुगमन गरेका छन् । लुम्बिनी घुम्न आएका भुटानी नागरिकले आइतबार बुटवलको प्रदर्शनी अवलोकन गरेका हुन् । प्रचार प्रसार संयोजक किरण खरेलका अनुसार सामाजिक सन्जाल हेरेर भुटानबाट लुम्बिनी घुम्न आएका तीन दर्जन पर्यटकले प्रदर्शनीको अवलोकन गरेका हुन् ।
भुटानबाट लुम्बिनी आएका पर्यटकको ठूलो टीमले लुम्बिनीका पर्यटन व्यवसायीकोे समन्वयमा प्रदर्शनी अवलोकनको पर्यटन उपसमितिका संयोजक टंकनारायण आचार्यले बताए ।

यही पुस ३ गतेदेखि सुरु भएको प्रदर्शनीमा दर्शक तथा अवलोकनकर्ताको उल्ेखनीय भीड लाग्ने गरेको छ । प्रदर्शनीमा दिनप्रति दिन दर्शकको संख्या बढ्दै गएको रुपन्देही उद्योग संघका कार्यकारी प्रमुख यादव भण्डारीले नयां दिशालाई बताए । यस्तै आइतबार प्रदर्शनीमा राखिएका स्टलहरुको अनुगमन तथा चेकिंड गरिएको छ । कस्ता खालका वस्तु राखिएको छ र गुणस्तरीय छकी छैन भनेर बुटवल उपमहानागरपालिकाले छड्के अनुगमन गरेको हो ।
मेला महोत्सवहरुमा मिति नाघेका वस्तुको विक्रीवितरण हुने, अखाद्य वस्तुको मिसावट गरेर बेचबिखन हुनसक्ने भएकाले छड्के अनुगमन गरिएको हो । बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्यालको टिमले प्रदर्शनी आयोजकहरुलाई जानकारी नगराई अनुगमन गरेको हो । प्रदर्शनीमा राखिएका सबै स्टलहरु अवलोकन गरिएको र ति स्टलहरुमा अखाद्य वस्तु नभेटिएको अनुगमन टोलिले बताएकोछ ।

कुनैपनि स्टलमा अखाद्य वस्तुको मिसावट नभएको भेटाउंदा खुशी लागेको र व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा ख्याल पुराएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताइन । अहिलेको प्रदर्शनी व्यवस्थित पनि रहेको र हरेक क्षेत्रका वस्तुहरु गुणस्तरीय रहेको र सरसफाई पनि राम्रो देखिएको उपप्रमुख अर्यालले बताईन ।
दुई वटा होटलमा सामान्य सरसफाईमा कमी जस्तो देखिएकाले सचेत गराएको छ, छ अनुगमन टोलिले । अनुगमन टोलिले करिव ३ घण्टा लगाएर अनुगमन गरेको रुपन्देही उद्योग संघले बताएको छ । रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष तथा स्टल अनुगमन उपसमिति संयोजक हरिबहादुर खत्रीले उपमहानगरको अनुगमन टोलीसँग साक्षीको रुपमा सबै स्टालमा पुगेर अनुगमनका सहयोग पुराएको बताए ।
अनुगमन टोलिले दुई वटा स्टलमा सामान्य सरसफाई कमी देखेकाले सचेत मात्रै गराएकाले कुनै नराम्रो नभेटिंदा खुशी लागेको बताए ।
बुटवल क्षेत्रमा केही दिन यतादेखि चिसो बढेपनि प्रदर्शनीमा दर्शकको घुईचो लाग्ने गरेको छ । आइतबार प्रदर्शनी स्थलमा स्वदेशसँगै विदेशी अवलोकनकर्ताले अवलोकन गरेका छन् ।
विदेशी आएर हाम्रो कामको अवलोकन गर्दा काम गर्न थप हौस्ला मिलेको अनुगमन टोलिले कुनै खराबी नभेटाउंदा झनै उत्साहित बनाएको प्रदर्शनी आयोृजक संस्था रुपन्देही उद्योग संका अध्यक्ष कृष्ण पराजुलीले मिसन टुडेलाई प्रतिक्रिया दिए ।
प्रदर्शनीमा आइतबार सकिएको विद्यालय नृत्य प्रतियोगितामा लुम्बिनी बोर्डिङ स्कुल प्रथम, अक्सफोर्ड दोस्रो र तिनाउ तेस्रो भएको सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले जानकारी गराए ।
प्रदर्शनीमा राखिएको खुला रक्तदानमा सचेतनासँगै रक्तदान गर्नेको संख्या पनि बढेको नेपाल नियमित रक्तदाता संघका अध्यक्ष अशेष सिलवालले बताए । आइतबार नै नेपाल राष्ट्र बैंकका कामु गर्भनर डा. निलम ढुंगानाले पनि प्रदर्शनीको अवलोकन गरेका छन् ।
आइतबार नै संस्थागत रुपमा चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे र देवदह व्यापार संघका अध्यक्ष माधव ढकालको नेतृत्वमा आएको टोलीलाई सम्मान गरिएको छ ।
आज सोमबार रुपन्देही उद्योग संघले आयोजना गरेको समृद्ध नेपालको आधार स्वदेशी उद्यमशीलताको बिस्तार विषयक छलफल कार्यक्रममा सहभागी हुनका लागि नेपाल राष्ट्र बैंकका कामु गर्भनर डा. निलम ढुंगाना बुटवल आइसकेका छन् ।























