बुटवलको प्रदर्शनीमा आज समृद्ध नेपाल निर्माणबारे आज छलफल

बुटवल, पुस १४ गते । यही पुस ३ गतेदेखि बुटवलमा जारी १६ औं राष्ट्यि औद्योगिक प्रदर्शनी जारी छ । १७ गतेसम्म चल्ने प्रदर्शनी तथा महोत्सवम स्थलमा आज समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यामशीलताको विकास विषमा अन्तरक्रिया गरिदै छ ।

आज १४ गते सोमबार हुने सम्वृद्द नेपाल निर्माणको आधार, स्वदेशी उद्यामशीलताको विकास विषयक गोष्ठी तथा छलफल बिहान ८ बजेदेखि हुने गोष्ठी तथा सेमिनार उपसमितिका संयोजक डिल्लीनारायण पाण्डेले जानकारी गराए ।


छलफल कार्यक्रममा नेपाल राष्ट्र बैंकका कामु गर्भनर डा. निलम ढुंगाना, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याल, नेपाल उद्योग परिसंघका अध्यक्ष ई वीरेन्द्रराज पाण्डे र वरिष्ठ अर्थविद् डा. केशव आचार्य सहभागी हुने संघका महासचिव सुमन बस्यालले जानकारी गराएका छन् ।